काठमाडौं । जेनजी को आह्वानमा सुरु भएको विरोध प्रदर्शनमा जनधनको क्षति हुँदै गएपछि नेपाल प्रहरीले अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा राष्ट्रिय सुरक्षा र सार्वजनिक सम्पत्तिमा क्षति पुगोस् भन्ने उद्देश्यको गतिविधि नहोस भन्दै प्रहरीले नागरिक–प्रहरी सहकार्य, शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट मात्र समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा असामाजिक समूहको गतिविधिबाट उत्पन्न अराजकता नियन्त्रणमा राख्दै राष्ट्रिय एकता र शान्ति–सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार