Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

केपी शर्मा ओलीले दिए पदबाट राजीनामा


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा हिंस्रक रूप लिन पुगेपछि उनले राजीनामा दिन बाध्य भएको बताइएको छ।

हिजो देखि सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको थियो। त्यसपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाए पनि प्रदर्शनकारीको आक्रोश अझ बढेको थियो।

आन्दोलनको नेतृत्व मुख्यतः युवा पुस्ता, विशेषगरी जेन-जी ले गरेका थिए। उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, पारदर्शी शासन र भ्रष्टाचार अन्त्यको माग गर्दै सडक तताएका थिए। यसबीच, गृह तथा कृषि मन्त्री खानेपानी मन्त्रीले समेत राजीनामा दिएका छन्। संसद भवन आसपास आगजनी र तोडफोड भएका घटनापछि सरकार पूर्ण दबाबमा परेको थियो।

अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अनुमान गरिएको छ। राजनीतिक दलहरूबीच सत्ता समिकरणको छलफल तीव्र बनेको छ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?