Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

केपी शर्मा ओलीले दिए पदबाट राजीनामा


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा हिंस्रक रूप लिन पुगेपछि उनले राजीनामा दिन बाध्य भएको बताइएको छ।

हिजो देखि सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको थियो। त्यसपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाए पनि प्रदर्शनकारीको आक्रोश अझ बढेको थियो।

आन्दोलनको नेतृत्व मुख्यतः युवा पुस्ता, विशेषगरी जेन-जी ले गरेका थिए। उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, पारदर्शी शासन र भ्रष्टाचार अन्त्यको माग गर्दै सडक तताएका थिए। यसबीच, गृह तथा कृषि मन्त्री खानेपानी मन्त्रीले समेत राजीनामा दिएका छन्। संसद भवन आसपास आगजनी र तोडफोड भएका घटनापछि सरकार पूर्ण दबाबमा परेको थियो।

अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अनुमान गरिएको छ। राजनीतिक दलहरूबीच सत्ता समिकरणको छलफल तीव्र बनेको छ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?