Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था छैनः प्रमुख सचेतक घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था भएको मुलुक नेपाल भएको दाबी गरेका छन् । उनले नेपाली काँग्रेस पार्टी लोकतन्त्र र जनताको अधिकारको लागि लड्ने पार्टी भएकाले उल्लेख गर्दै मिडियामाथि कुनै दुर्भावना नराख्ने समेत स्पष्ट पारे । प्रश्तावित मिडिया काउन्सिल विधेयकमा धेरै विषयहरुमा संशोधन गर्नुपर्ने उनको स्वीकारोक्ति छ । मिडिया काउन्सिल गठनको प्रक्रिया परिमार्जन गर्नुपर्ने विज्ञको धारणा स्वागतयोग्य रहेको उनको भनाइ छ ।

उनले भने, ‘दक्षिण एसियामा सबैभन्दा राम्रो मिडियाको अवस्था भएको देश नेपाल हो । यसमा नेपाल सरकारको मिडियाप्रतिको दृष्टिकोणमा शंका गरिहाल्नुपर्ने अवस्था पनि मैले देखेको छैन । काँग्रेसको त बेल्कुलै छैन । यो पार्टी त लोकतन्त्र र जनताको लागि लडेको पार्टी हो । सँगसँगै अन्य पार्टीको पनि त्यो मक्सद मैले देखेको छैन । त्यसकारण मक्सदमा शंका नगरिदिनि मैले निवेदन गरेँ । यो विधेयकको सन्दर्भमा केही कुराहरु संशोधनयोग्य छन् भन्ने मैले पनि महसुश गरेको छु । यो मिडिया काउन्सिल गठनको क्रममा बन्ने समितिको प्रक्रियामा परिमार्जन गर्नुपर्छ भन्ने विषयमा मेरो पूर्ण रुपमा सहमति छ । र यस विषयमा विषेशज्ञबाट उठेको कुरा पनि मनन्योग्य छ । त्यसलाई पनि परिमार्जन गरेर हामी अगाडि लैजान्छौं । अन्य नमिलेका कुरा पनि सुधार गर्र्छौं ।’

उनले विधेयकमा नमिलेको कुरालाई सुधार गरेर नेपालको सञ्चार जगतलाई समृद्ध बनाउने कुरामा सबै राजनीतिक दलहरु सकारात्मक रहेको धारणा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?