Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था छैनः प्रमुख सचेतक घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था भएको मुलुक नेपाल भएको दाबी गरेका छन् । उनले नेपाली काँग्रेस पार्टी लोकतन्त्र र जनताको अधिकारको लागि लड्ने पार्टी भएकाले उल्लेख गर्दै मिडियामाथि कुनै दुर्भावना नराख्ने समेत स्पष्ट पारे । प्रश्तावित मिडिया काउन्सिल विधेयकमा धेरै विषयहरुमा संशोधन गर्नुपर्ने उनको स्वीकारोक्ति छ । मिडिया काउन्सिल गठनको प्रक्रिया परिमार्जन गर्नुपर्ने विज्ञको धारणा स्वागतयोग्य रहेको उनको भनाइ छ ।

उनले भने, ‘दक्षिण एसियामा सबैभन्दा राम्रो मिडियाको अवस्था भएको देश नेपाल हो । यसमा नेपाल सरकारको मिडियाप्रतिको दृष्टिकोणमा शंका गरिहाल्नुपर्ने अवस्था पनि मैले देखेको छैन । काँग्रेसको त बेल्कुलै छैन । यो पार्टी त लोकतन्त्र र जनताको लागि लडेको पार्टी हो । सँगसँगै अन्य पार्टीको पनि त्यो मक्सद मैले देखेको छैन । त्यसकारण मक्सदमा शंका नगरिदिनि मैले निवेदन गरेँ । यो विधेयकको सन्दर्भमा केही कुराहरु संशोधनयोग्य छन् भन्ने मैले पनि महसुश गरेको छु । यो मिडिया काउन्सिल गठनको क्रममा बन्ने समितिको प्रक्रियामा परिमार्जन गर्नुपर्छ भन्ने विषयमा मेरो पूर्ण रुपमा सहमति छ । र यस विषयमा विषेशज्ञबाट उठेको कुरा पनि मनन्योग्य छ । त्यसलाई पनि परिमार्जन गरेर हामी अगाडि लैजान्छौं । अन्य नमिलेका कुरा पनि सुधार गर्र्छौं ।’

उनले विधेयकमा नमिलेको कुरालाई सुधार गरेर नेपालको सञ्चार जगतलाई समृद्ध बनाउने कुरामा सबै राजनीतिक दलहरु सकारात्मक रहेको धारणा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?