Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्नु गलत :न्यायाधीश मल्ल


काठमाडौँ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको स्पष्ट पारेकी छिन् ।

महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो स्पष्टिकरण दिएकी हुन्  । उनले संविधान र सर्वोच्चको व्याख्याको कारण सर्वोच्चको फैसलाकै कारण महिलाले अवसर गुमाएको भन्न नमिल्ने बताइन् । उनले सर्वोच्चले गरेको भाषाको राम्रोसँग अध्ययन गर्न पनि सुझाव दिइन्  । उनले संविधान निर्माण प्रक्रियामा आफू पनि संलग्न रहेको उल्लेख गर्दै सभामुख र उपसभामुखमा एक जना महिला भनेर लेखेजस्तै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेख्ने प्रश्ताव गरेको भएपनि सहमति जुट्न नसकेको बताइन् । उनले राष्ट्रपति र उपराष्ट्रपति पदमा लैंगिक नभई सामाजिक र सांस्कृति विविधता समेट्ने विषय संविधानमा उल्लेख गरेको स्पष्ट पारेकी छिन्  ।

उनले भनिन्, ‘सर्वोच्च अदालतको व्याख्याकै कारणले राष्ट्रपति र उपराष्ट्रपतिमा महिलाले भाग गुमाइन् भन्ने कुरा गलत हो । महानायाधिवक्ताजी तपाईंले हामीले गरेको भाषा हेर्नुप¥यो । म त संविधान लेखनमा संलग्न भएको मान्छे । हामीले त जसरी सभामुख र उपुभामुखमा एक जना महिला भनेर लेखेका छौं त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेखौं भनेको थिए । होइन फरक लिंगको भन्ने कुरा आयो । फरक लिंग भन्नाले त्यहाँ मधेशी पनि हुनसक्छ, दलित पनि हुनसक्छ, आदिवासि पनि हुनसक्छ भन्ने कुरा आयो । पछि सर्वोच्चले व्याख्या गर्दाखेरी महिला भएर नै व्याख्या गर्दा फरक हुन्थ्यो कि ।’

यसअघि महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका  थिए  ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?