Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्नु गलत :न्यायाधीश मल्ल


काठमाडौँ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको स्पष्ट पारेकी छिन् ।

महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो स्पष्टिकरण दिएकी हुन्  । उनले संविधान र सर्वोच्चको व्याख्याको कारण सर्वोच्चको फैसलाकै कारण महिलाले अवसर गुमाएको भन्न नमिल्ने बताइन् । उनले सर्वोच्चले गरेको भाषाको राम्रोसँग अध्ययन गर्न पनि सुझाव दिइन्  । उनले संविधान निर्माण प्रक्रियामा आफू पनि संलग्न रहेको उल्लेख गर्दै सभामुख र उपसभामुखमा एक जना महिला भनेर लेखेजस्तै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेख्ने प्रश्ताव गरेको भएपनि सहमति जुट्न नसकेको बताइन् । उनले राष्ट्रपति र उपराष्ट्रपति पदमा लैंगिक नभई सामाजिक र सांस्कृति विविधता समेट्ने विषय संविधानमा उल्लेख गरेको स्पष्ट पारेकी छिन्  ।

उनले भनिन्, ‘सर्वोच्च अदालतको व्याख्याकै कारणले राष्ट्रपति र उपराष्ट्रपतिमा महिलाले भाग गुमाइन् भन्ने कुरा गलत हो । महानायाधिवक्ताजी तपाईंले हामीले गरेको भाषा हेर्नुप¥यो । म त संविधान लेखनमा संलग्न भएको मान्छे । हामीले त जसरी सभामुख र उपुभामुखमा एक जना महिला भनेर लेखेका छौं त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेखौं भनेको थिए । होइन फरक लिंगको भन्ने कुरा आयो । फरक लिंग भन्नाले त्यहाँ मधेशी पनि हुनसक्छ, दलित पनि हुनसक्छ, आदिवासि पनि हुनसक्छ भन्ने कुरा आयो । पछि सर्वोच्चले व्याख्या गर्दाखेरी महिला भएर नै व्याख्या गर्दा फरक हुन्थ्यो कि ।’

यसअघि महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका  थिए  ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?