Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष पुगेः महानायाधिवक्ता


काठमाडौँ। महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका छन् ।

महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै वडालले यस्तो टिप्पणी गरेका हुन् । सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पदमा पुरुष पुगेको उनको भनाइ छ । उनले मुलुकको सर्वोच्च दुवै पदमा पुरुष नियुक्त गर्न पाउने सर्वोच्चको व्याख्याका कारण महिलाको प्रतिनिधित्वको संवैधानिक अधिकार खोसिएको टिप्पणी गरेका छन् । उनले राज्य अन्य सबै निकायहरुमा दुई जनामध्ये एक जना महिला रहेको उल्लेख गर्दै राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख वा उपसभामुख तथा प्रदेश सभाको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला रहेको उदाहरण दिएका छन् ।

उनले भने, ‘सर्वोच्च अदालतले गरेको एउटा गलत फैसलाको कारणले राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुन पुग्नुभएको छ । त्यो कुरालाई अपवाद मान्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनु भएको छ । प्रतिनिधि सभाको सभामुख र उपुसभामुखमध्ये एक जना महिला हुनु भएको छ । प्रदेश सभाको प्रमुख र उपप्रमुखमध्ये पनि एक जना अनिवार्य रुपमा महिला हुनु भएको छ । तर दुर्भाग्य राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै जना पुरुष हुने व्याख्या हाम्रो सर्वोच्च अदालतबाट भयो । जसको कारणले गर्दा त्यहाँ महिला अधिकार खोसिन पुगेको छ भन्ने मेरो बुझाई छ ।’

सम्पतीको हकअनुसार घर जग्गा महिलाको नाममा दर्ता हुने प्रक्रिया बढ्दै गरेको उल्लेख गर्दै उनले यो सकारात्मक भएको बताएका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?