Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष पुगेः महानायाधिवक्ता


काठमाडौँ। महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका छन् ।

महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै वडालले यस्तो टिप्पणी गरेका हुन् । सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पदमा पुरुष पुगेको उनको भनाइ छ । उनले मुलुकको सर्वोच्च दुवै पदमा पुरुष नियुक्त गर्न पाउने सर्वोच्चको व्याख्याका कारण महिलाको प्रतिनिधित्वको संवैधानिक अधिकार खोसिएको टिप्पणी गरेका छन् । उनले राज्य अन्य सबै निकायहरुमा दुई जनामध्ये एक जना महिला रहेको उल्लेख गर्दै राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख वा उपसभामुख तथा प्रदेश सभाको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला रहेको उदाहरण दिएका छन् ।

उनले भने, ‘सर्वोच्च अदालतले गरेको एउटा गलत फैसलाको कारणले राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुन पुग्नुभएको छ । त्यो कुरालाई अपवाद मान्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनु भएको छ । प्रतिनिधि सभाको सभामुख र उपुसभामुखमध्ये एक जना महिला हुनु भएको छ । प्रदेश सभाको प्रमुख र उपप्रमुखमध्ये पनि एक जना अनिवार्य रुपमा महिला हुनु भएको छ । तर दुर्भाग्य राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै जना पुरुष हुने व्याख्या हाम्रो सर्वोच्च अदालतबाट भयो । जसको कारणले गर्दा त्यहाँ महिला अधिकार खोसिन पुगेको छ भन्ने मेरो बुझाई छ ।’

सम्पतीको हकअनुसार घर जग्गा महिलाको नाममा दर्ता हुने प्रक्रिया बढ्दै गरेको उल्लेख गर्दै उनले यो सकारात्मक भएको बताएका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?