Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सामाजिक सञ्जाल निष्क्रियको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी सडकमा(तस्बिरसहित)


काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले प्रदर्शन गरेका छन् ।

आईतवार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कार्यान्वयनमा समेत गइसकेको छ ।

सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो । सरकारको उक्त निर्णयको सत्तारुढ दलकै नेता र नागरिक समाजले आलोचना गरिरहेका छन् ।



प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?