Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौंः शंकर पोखरेल


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् ।

पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आईतवार पार्टी नेताहरुले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाई गर्दै आएको दाबी पनि गर्नुभएको उनले बताए ।

प्रचार विभाग प्रमुख गौतमले भने , ‘पार्टी दृष्टिकोणमा अन्यौल भएर प्रचार गरिएकोमा उहाँले यस्तो काम नगर्न, सो सम्बन्धि अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरुलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उहाँले आग्रह गर्नुभएको छ । त्यसपछि जबज छोडयो, जबज छोड्यो भनेर भन्नु भयो । हाम्रा सबै डकुमेन्टहरुमा जबजको मार्गदर्शनमा हामी मार्ग निर्देशित भएर अगाडि बढिरहेका छौं । जबजको विचार, सिद्धान्त समृद्ध बनाउने क्रममा मदन भण्डारीले पाँचौ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यो कुरा उहाँले जानकारी दिनु भएको थियो । भरत मोहन अधिकारीले कार्यक्रम लेख्दा जबज अनुकूल नभएर पछि मदन भण्डारी आफैले लेख्नुभयो । त्यसको कार्यनीति केपी शर्मा ओलीले लेख्नुभएको हो । विधान माधव नेपालले लेख्नु भयो । केपी ओली त्यो बेलादेखि यो विचार समृद्ध गर्नका निम्ति अगुवाई र नेतृत्व गरेर आईरहनु भएको छ । र, कार्यनीति केपीले नै लेख्नु भएको हो । त्यो पारित भएको छ । जननेता मदन भण्डारीले पार्टीको निर्माणमा आधारभूत प्रस्तावनाहरु उल्लेख गरेर जानु भएको छ । त्यसैको जगमा, त्यसैको आलोकमा यो पार्टी अगाडि बढिराखेको छ । जबज अनुकूलको पार्टी निर्माणबारे हामीले लोकतान्त्रिक विधिलाई अगाडि बढाईरहेका छौं । त्यो लोकतान्त्रिक विधिको अगुवाई र नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहनुभएको छ । र, मदन–आश्रितको देहवसान, जसलाई हामीले हत्या भनेका छौं । त्यहाँ पछि हामीले २०५१ सालमा सरकार बनायौं । र, क्रान्तिपूर्व पनि कम्युनिष्ट पार्टी सरकारमा जानु हुन्छ । र, जान्छ भन्ने कुरा नयाँ नीति हामीले प्रयोगमा ल्यायौं । छैठौं महाधिवेशनमा शक्ति संचयको कार्यनीति लेख्ने काम पनि कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा भयो । पार्टी जीवनको लोकतान्त्रिकरण आठौं महाधिवेशनमा उहाँकै नेतृत्वमा प्रस्तुत गरियो ।र, सर्वसम्मतिले पारित भयो । माओवादीसँगको एकतापछि यी कुराहरु गोलमाल भए । नवौ महाधिवेशनपछि हामीले यसलाई निरन्तर अगाडि बढाउँदै आएका छौं भन्ने कुरामा विशेष जोड दिँदै जबजले नै पार्टी निर्माण गर्ने एउटा स्पष्ट नीति प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको नीति अगाडि सारेको छ । यही नीतिबाट निर्देशित भएर हामी अगाडि बढिरहेका छौं । र, जबजको नीति हामीले खुम्च्याएका छैनौ । यसलाई फराकिलो पारेका छौं । र, पार्टी कस्तो बनाउने भन्दा हामीले सैनिक वा राजकीय बनाउने होइन, प्रतिस्पर्धामा आधारित, श्रेष्ठतामा आधारित पार्टी बनाउँछौं । जो जनताको बहुदलीय जनवादको नीतिबाट नै निर्देशित छ । जबज हाम्रो निर्देशक सिद्धान्त हो । हाम्रो प्रिन्सिपल गाईडलाईन्स हो । हाम्रो विचार हो । हाम्रो यो विचार भएको हुनाले सिद्धान्तनै त्यही भएको हुनाले हामीले यसलाई अन्यथा नबुझनका निम्ति उहाँले जोड दिनुभयो ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार महासचिव पोखरेलले मदन भण्डारीको अगुवाईमा पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहोर्याएका छन् ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?