Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

‘निजामति सेवा दिवसः हाकिम होइन सेवक बन्नुस्’


काठमाडौँ। आज निजामति कर्मचारी सेवा दिवस । संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

नेपालमा निजामति कर्मचारीहरुका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो आम नागरिकको छ । आम नागरिकको बुझाईमा सहज सेवा अझै पनि पुग्न र निजामति प्रशासनले दिन सकेको छैन । स्थायी सरकारको रुपमा रहेको निजामति प्रशासनको लापरवाही र हेलचेक्राईंका कारण आम सर्वसाधारणहरु प्रतिदिन आफ्ना समस्याहरु थाँती राख्न बाध्य छन् । निजामति सेवा दिवसको अवसर पारेर काठमाडौंमा न्युज एजेन्सी नेपालले सेवा लिन पुगेका केही सर्वसाधारणलाई निजामति कर्मचारीहरुबाट पाइरहेको सुविधाबारे जिज्ञासा राखेको छ । जिज्ञासामा आम सर्वसाधारणहरुले नेपालको निजामती सेवामा राजनैतिक हस्तक्षेप बढी रहेको र त्यसको प्रभावका कारण समयमै काम सम्पन्न नहुने, कर्मचारीहरुले लापरवाही गर्ने गरेको गुनासो गरे । कर्मचारीमा जवाफदेहीताको कमी र गैरजिम्मेवारीपन बढी भएको सेवाग्राहीको गुनासो छ । देशलाई शुसासनतर्फ लैजान सबैभन्दा महत्वपूर्ण भुमिका देशका कर्मचारीहरुको हुने भएकाले कर्मचारीहरु सुध्रिनपर्ने आम जनताको सुझाव । केही प्रतिशत राम्रा कर्मचारीहरु भएपनि धेरै कर्मचारी नेताकोे चाकडि गर्ने र पैसाका लागि मरिमेट्ने गरेको गुनासो नागरिकहरु गर्दछन् । निजामती सेवामा उपसचिव भन्दा माथिको ओहोदाका कर्मचारी आफूलाई कर्मचारी नै होइन जस्तो ठानेर रोषपूर्ण व्यवहार गर्ने गरेको गुनासो गर्छन् । उनीहरुको नेतासँग बढी भेट हुने भएकाले कर्मचारी भन्दा राजनीतिकर्मी जस्तो लाग्ने जनताहरुको बुझाई छ ।

एक जना नागरिक भन्नुहुन्छ, ‘नेपाली जनताले निजामती कर्मचारीबाट समयमा कामको अपेक्षा गरेका हुन्छन् । कर्मचारीतन्त्र जसरी जनताको सेवामा भएर चल्नु पथ्र्याे त्यो विषयमा कमजोरी भएको जनगुनासो सुनिन्छ । निजामती सेवा आफैँमा स्वस्थ छैन । राजनैतिक हस्तक्षेपबाट पीडित छन् । केही प्रतिशत राम्रा मान्छे पनि राजनैतिक हस्तक्षेपका कारण स्वस्फुर्त काम गर्न पाएका छैनन् । कर्मचारीले नेताको चाकडि गर्ने, आफूलाई आर्थिक आर्जन गर्ने जनताको सेवा नगर्ने कर्मचारीहरु बढी भएकाले केही प्रतिशत राम्रा कर्मचारीहरु पनि त्यहीँ भित्र परेकाले देशमा शुसासन आउन नसकेको हो । जवाफदेहीताको कमि र गैरजिम्मेवरीपन रहेको । आज हुने कामलाई भोली पर्सी सारीदिने चलनले जनताले दुःख पाइरहेका छन् ।’

कार्मचारीतन्त्रलाई जनतामुखी बनाउँदै राजनैतिक हस्तक्षेप मुक्त गर्नुपर्ने उनीहरुको माग छ । हाकिम नभइ सेवकको रुपमा जनतासमक्ष कर्मचारीहरु उभिनुपर्ने माग सर्वसाधारणले गरेका छन् ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?