Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

‘कानूनी अन्योलताका कारण जलविद्युत आयोजना रोकिँदा अर्बौंको क्षति’


काठमाडौँ। सर्वोच्च अदालतले वन ऐन खारेज गरेपछि करिव २५ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना अड्किएका छन् । सरकारद्वारा अध्यादेशमार्फत ल्याइएको वन ऐन संसदबाट पारित भएपनि सर्वोच्चले कानूनविरुद्ध ठहर गर्दै खारेज गरेपछि विकासको गति रोकिएको उर्जा उत्पादक बताउँछन् ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीकाअनुसार कानूनी पूर्णपाठ नआएको झन्डै ६–७ महिना भइसकेको छ र यसबीच कुनैपनि आयोजना अघि बढ्न सकेका छैनन् । उहाँकाअनुसार यसले अर्बौंको क्षति पु¥याइरहेको छ । ऊर्जा क्षेत्रमा लगानी जुटाउने अर्काे माध्यम धितोपत्र बजार पनि प्रभावकारी हुन सकेको छैन । उहाँकाअनुसार स्थानीयलाई १० प्रतिशत शेयर दिनैपर्ने कानूनी बाध्यता र आइपीओमा अनिवार्य जाने व्यवस्थाले पनि आयोजनालाई दबाब दिएको छ ।

हाल २० हजार मेगावाटभन्दा बढीका आयोजना पावर पर्चेज एग्रिमेन्ट (पीपीए) नपाएर रोकिएका छन् तर पनि विद्युत विभागले लाइसेन्स दिन छाडेको छैनन् । एकातिर लाइसेन्स दिने एकातिर पिपिए रोकिनुले सरकारको चरित्रमाथि प्रश्न उठेको कार्की बताउछन् । उनकाअनुसार भर्खरै ५ हजार मेगावाटका आयोजना पीपीएका लागि आवेदन दिइए पनि ती अघि बढ्ने–नबढ्ने अन्योल छ ।

अध्यक्ष कार्कीले भने‘नेपाल सरकारले सहज गरौं भनेर अध्यादेशमार्फत ९ ओटा ऐन ल्यायो । त्यसमध्ये एउटा वन ऐन पनि थियो । सरकारले ल्याएको ऐन संसदमा लगेर पास समेत भयो । तर सर्वोच्चले त्यसलाई कानून बाझिएको भन्दै खारेज गरेको अवस्था छ । कानून हामीले धेरै जान्ने कुरा भएन । तर विकासका गति रोकिएको छ अहिले । झन्डै ६÷७ महीना भन्दा बढी भइसक्यो । यो पूर्णपाठ आएको छैन । कुनैपनि फाइल अहिले अघि बढ्न सकेका छैनन् । अहिले अबौँको धेरै ठूलो क्षतीको स्थीति छ । २०/२५ हजार मेगावाटका आयोजनाहरुलाई क्षति भएको छ । अब के गर्ने भन्ने पनि सरकारसँग स्पष्ट जवाफ छैन । सरकार अघि बढ्दा पूर्णपाठ फरक तवरले आउला, नजाउ कहिलेसम्म रोकेर राख्ने भन्नेखालका कुराहरु छन् । धितोपत्र बोर्डमा जुन किसिमले काम हुनुपर्ने त्यो भएको छैन । बत्ति बलिसकेपछि आइपीओमा जाने भन्ने कुराहरु आइरहेका छन् अहिले । प्रोजेक्ट बनाइसकेका छन् कतिले, कति बन्दैछन्, बिजुली उत्पादन गर्नलाई हामीलाई पैसा चाहिने स्थीति छ । सरकारले के गर्न खोजेको त्यो स्पष्टै छैन । अहिले भर्खरै डबल आइजीन अर्थात प्रोमोटरलाई छुट्टै, पब्लिकलाई छुट्टै आइजिन दिने नीतिहरु आएको छ । यसले पब्लिकलाई मात्रै होइन, प्रोमोटर थिएनन् भने विद्युत उत्पादन हुँदैन भन्ने पनि सोचिदिनुप¥यो सरकारले । प्रोमोटरहरु हिजोका जस्ता छैनन् आज । हिजो २/४ जना प्रोमोटर हुन्थे । आज एउटै प्रोजेक्टमा हजारौहजार मान्छेहरु हुने गरेका छन् । अर्को कुरा सरकारले धेरै डबल आइजीन र आइपीओमा जाने की नजाने भन्दा पनि स्थानीयलाई १० प्रतिशत दिनैपर्ने खालको कानूनी व्यवस्था छ । नदिएपनि हुन्छ भन्ने कानून बनाउनुपर्छ । आइपीओमा नगएपनि हुन्छ भन्ने कानून जरुरी छ । राम्रा प्रोजेक्टहरु अहिले भोटेकोशीका आइपीओमा गएका छैनन् । आइपीओ जानुपर्छ भनेर प्रेसर गर्दा पनि गएका छैनन् । राम्राराम्रा प्रोजेक्टहरु आइपीओमा जादैनन् । रेभिन्यू उठाएर बस्छन् । दिनैपर्छ भन्ने जरुरी त छैन । बत्ति बालिसकेपछि प्रोमोटरहरुको लगानी झन्डै ८/९ वर्ष भइसकेको हुन्छ । बत्तिबालिसकेपछि १०० को १०० मा बेच्नलाई त, किन आइपिओमा जाने भन्ने कुरा आउछ । पीपीएमा लामोसमयसमय झन्डै २० हजार मेगावाट भन्दा बढिका थ्रुपै प्रोजेक्टहरु अड्किएर बसेका छन् । अस्ति भर्खरै ५ हजार मेगावाटका आयोजनाहरु पीपीएका लागि आउनुस् भनेर अप्लाइ गरियो । त्यो अघि बढ्छ की बढ्दैन भन्ने अन्योल छ । विद्युत विकास विभागले लाइसेन्स दिएको छ तर प्राधिकरणले पिपिए नगरिदिने भनेपछि सरकारले के गर्ने खोजेको हो भन्ने एकमुष्टमा नीति बनाइदियो भने त्यो नीति अनुसार अघि बढ्न हुन्थ्यो ।’

अध्यक्ष कार्कीकाअनुसार सरकारले दीर्घकालीन र स्पष्ट नीति बनाएर मात्र ऊर्जा क्षेत्रमा देखिएको संकट समाधान हुनेछ ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?