Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मुलुकले आर्थिक र सामाजिक रुपान्तरणमा निजामति कर्मचारीको योगदान महत्वपूर्णः मुख्यसचिव अर्याल


काठमाडौँ। सरकारका मुख्यसचिव एकनारायण अर्यालले नेपालको निजामति सेवा मुलुकको शासन प्रणालीको मेरुदण्डको रुपमा स्थापित भइसकेको बताएका छन् ।

निजामति सेवा दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बत्रोधन गर्दै उनले निजामति सेवा दिवसले कर्मचारीलाई व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन तथा नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व र समर्पणबोधलाई अझ प्रगाढ बनाएको बताएका छन् । सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन र विकाससँगै सरकारले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा निजामति संयन्त्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । अर्यालले कठिन परिस्थिति वा चुनौतीपूर्ण समयमा पनि निजामति प्रशासन सक्षम र सजग रहेको प्रष्ट पारेका छन् । उनले अड्डा र कागजमुखी प्रणालीबाट बाहिरिँदै सूचना प्रविधिको उपयोगमार्फत डिजिटल सेवातर्फ अघि बढ्न निजामति सेवाले महत्वपूर्ण भुमिका निर्वाह समेत उल्लेख गरेका छन् ।

उनले भने, ‘आज हामी व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ २२ औं निजामति सेवा दिवस मनाइरहेका छौं । आजको यस दिवसले हामी सबै निजामति कर्मचारीहरुलाई नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व, समर्पणभावलाई गहिरोसँग सम्झाइरहेको छ । नेपालको निजामति सेवाले आजको दिनसम्म आइपुग्दा आफ्ना विशिष्ट मौलिक पहचिानसहित नागरिकका लागि सेवा प्रवाहको भरपर्दो अविछिन्न स्थायी संयन्त्रको रुपमा आफूलाई स्थापित गरेको छ । मुलुकको शासन प्रणालीको मेरुदण्ड र मुलुकको सार्वजनिक प्रशासनको मियोको रुपमा रहेको नेपालको निजामति सेवा सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन, विकासलगायत सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा समर्पित हुँदै आइरहेको छ । मुलुकमा कठिन परिस्थिति आएका बखत पनि मुलुकको जस्तोसुकै चुनौती झेल्नका निम्ति नेपालको निजामति प्रशासन सक्षम छ भन्ने कुरा विगतमा यसले खेलेको भूमिकाले पुष्टि गरिसकेको छ । पछिल्लो समय ढड्डा र अड्डामुखि सेवाबाट आधुनिक सूचना प्रविधिको उपयोग गर्दै कागज एवं मुहाररहित सेवा प्रवाहलाई क्रमशः डिजिटलाइजेसन युगमा प्रवेश गराउन समेत निजामति सेवाको मत्वपूर्ण भूमिका रहेको छ ।’

मुलुकले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक एवं भौतिक प्रगतिहरुमा समेत निजामती कर्मचारीको उल्लेख्य भुमिका रहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?