Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

निजामति कर्मचारीलाई सुशासनमुखी, इमान्दार र पारदर्शी भएर कार्यसम्पादन गर्न मन्त्री न्यौपानेको आग्रह


काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गरेकी छिन् ।

निजामति कर्मचारी दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो बताएकी हुन्। देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै उनले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिइन् । उनले कर्मचारी प्रशासनले नागरिकमा विश्वास दिलाउने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नसके मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन सकिने विश्वास व्यक्त गरिन् । सबै नागरिकले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गरेको खण्डमा विकसित देशहरुको चर्चा गरिरहनु नपर्ने जिकिर गरिन् ।

उनले भनिन्, ‘कर्मचारी संयन्त्रलाई सुशासनमुखी बनाऔँ । सम्पूर्ण कर्मचारीहरु ईमानदार बन्नुपर्छ । सुशासनमुखी बन्नुपर्छ । समयको गतिसँगै हिँड्नसक्ने बन्नुपर्छ । पारदर्शीता कायम गर्नुपर्छ । अब्बल रुपमा कार्यसम्पदान गरेर आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ । आज समयले यही माग गरिरहेको छ । युवाहरु रोजगारीको खोजिमा विदेशमा भौँतारिने स्थिति नबनोस् । म निजामाति सेवामार्फत देशको सेवा गर्छु भन्ने भावनाले प्ररित होउन् । हामीले कर्मचारी प्रशासनलाई यो खालको विश्वास दिलाउनुपर्नेछ । यो खालको भरोसा दिलाउनुपर्नेछ । देशको बजेट, नीति, कानून तथा कार्यक्रम कार्यान्वयन गर्ने देशको निजामति कर्मचारीले नै हो । जति कर्मचारीहरुले सरकारको नीति र कार्यक्रमहरुलाई कार्यसम्पादन गर्न सक्नुहुन्छ त्यति नै यो देशले मुहार बदल्दै जान्छ । त्यसकारण म आग्रह गर्न चाहान्छु हामी सबै जुनसुकै निकायमा भएपनि देश सबैभन्दा ठुलो कुरा हो । हामी सरकारमा रहने तथा अन्य सबै निकायमा रहनेहरु यो देशको नागरिक पनि हौं । त्यसकारण हामी सबै जिम्मेवार बन्यौं भने यो देश बन्छ । अनि हामीले संसारका विकसित देशहरुको चर्चा गरिरहनु पर्दैन ।’

मन्त्री न्यौपानेले युवाहरु पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनीहरुलाई निजामति क्षेत्रमा आकर्षित गर्न जरुरी रहेको बताइन् । उनले कुनै एक जनाको चाहनाले मात्रै देश नबन्ने भन्दै उहाँले सबैले आआफ्नो तहबाट योगदान दिन जरुरी रहेको बताएकी छिन् ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?