Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राष्ट्रसेवक कर्मचारीहरुले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुले आफ्नो सेवा प्रवाहमा कुनैपनि कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले उनीहरुले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यानु दिनुपर्ने बताएकी हुन् । निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रम लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले राष्ट्र सेवक कर्मचारीहरुको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकनको परिपाटीलाई कठाईका साथ लागू गर्नुपर्ने आवश्यक्ता पनि औल्याएकी छिन् । सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरुको निगरानी राज्यले कडाईका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो । त्यस अवसरमा उहाँले राष्ट्र सेवक कर्मचारीहरु सेवा प्रवाह क्षेत्रको मुख्य पिलर भएको पनि स्मरण गराइन् ।

पूर्व राष्ट्रपति भण्डारीले भनिन् , ‘निजामती क्षेत्र राज्यको महत्वपूर्ण अंग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो । उनीहरुको सो भूमिका निर्वाह गरिरहेका पनि छन । तर कहिलेकँही एउटा रुखमा सबै सुन्तला पाक्दैनन । कहिलकाँही झर्न पनि सक्छ । यसलाई मुख्य प्रवृत्तिकै रुपमा लिनु हुँदैन । तपाईले हरेक दिन नुहाउनु पर्छ सरसफाइको लागि । अनुगमनहरु हुनुपर्छ । कामको मूल्यांकन हुनुपर्छ । त्यसलाई मुख्य प्रवृत्तिको रुपमा लिनु हुँदैन । तर हामी राष्ट्र सेवामा समर्पित भएको हुनाले थोरै पनि कमजोरी नहोस भनेर निजामती क्षेत्रले सोच्नु राम्रो कुरा हो । सुशासननै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्दछ ।’

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने बताएकी छिन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?