Trending
>>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल >>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला >>   प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राष्ट्रसेवक कर्मचारीहरुले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुले आफ्नो सेवा प्रवाहमा कुनैपनि कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले उनीहरुले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यानु दिनुपर्ने बताएकी हुन् । निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रम लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले राष्ट्र सेवक कर्मचारीहरुको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकनको परिपाटीलाई कठाईका साथ लागू गर्नुपर्ने आवश्यक्ता पनि औल्याएकी छिन् । सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरुको निगरानी राज्यले कडाईका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो । त्यस अवसरमा उहाँले राष्ट्र सेवक कर्मचारीहरु सेवा प्रवाह क्षेत्रको मुख्य पिलर भएको पनि स्मरण गराइन् ।

पूर्व राष्ट्रपति भण्डारीले भनिन् , ‘निजामती क्षेत्र राज्यको महत्वपूर्ण अंग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो । उनीहरुको सो भूमिका निर्वाह गरिरहेका पनि छन । तर कहिलेकँही एउटा रुखमा सबै सुन्तला पाक्दैनन । कहिलकाँही झर्न पनि सक्छ । यसलाई मुख्य प्रवृत्तिकै रुपमा लिनु हुँदैन । तपाईले हरेक दिन नुहाउनु पर्छ सरसफाइको लागि । अनुगमनहरु हुनुपर्छ । कामको मूल्यांकन हुनुपर्छ । त्यसलाई मुख्य प्रवृत्तिको रुपमा लिनु हुँदैन । तर हामी राष्ट्र सेवामा समर्पित भएको हुनाले थोरै पनि कमजोरी नहोस भनेर निजामती क्षेत्रले सोच्नु राम्रो कुरा हो । सुशासननै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्दछ ।’

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने बताएकी छिन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?