Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सर्वसाधारण भन्छन्ः‘सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्‍यो’


काठमाडौँ। सरकारले नेपालमा सूचिकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाएको छ ।

प्रतिवन्ध लगाएको सामाजिक सञ्जालहरु हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले सर्मथन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् । सरकारको निर्णयको समर्थन गर्नेहरुले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताएका छन् । उनीहरुले सरकारलाई पनि समाजिक सञ्जाल सधैँ बन्द जाने बाटोमा नभई यसलाई सूचिकृत गर्नको लागि पहल गर्न सुझाव दिएका छन् । विद्यार्थीको पढाई, साना व्यवसायीहरुको व्यापार लगायतमा केही समस्या देखिएकोले उनीहरुले सामाजिक सञ्जाललाई नेपालमा सूचिकरण गरेर सञ्चालन ल्याउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

गत बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने निर्णय गरेको हो । सोहीअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचिकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको थियो ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?