Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

एमालेको विधान महाधिवेशनमा नेता थापालाई फरक मत प्रश्तुतीमा रोक लगाइयो


काठमाडौँ। नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रश्तुत गर्नबाट रोक लगाइएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज हजमा दोस्रो दिन शनिवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नदिएकोसहित आफ्नो फरक मत प्रश्तुत गर्न मञ्चतिर गएका नेता थापालाई अध्यक्ष ओलीले हलमा फरक मतको प्रश्ताव वितरण भइसकेकाले प्रश्तुत गर्न आवश्यक नभएको भनेपछि नेता थापा फरक मत पेश गर्न रोकिएका हुन् । सबै सदस्यलाई सो फरक मत वितरण भइसकेको र त्यसलाई समूहगत छलफलमा अध्यक्ष ओलीले लैजान भनेपछि नेता थापा फरक मत हलमा प्रश्तुत नगर्न सहमत हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सो फरक मत छलफल गर्नबाट वञ्चित नगरिएको खाली प्रश्तुत गर्न भने वितरण गरिसकिएकाले आवश्यक नभएको कुरा अध्यक्ष ओलीले नेता थापालाई सचेत गराउनुभएको उनको भनाई थियो ।

प्रचार विभाग प्रमुख गौतमले भने, ‘प्रत्येक सदस्यले पहिले त्यो छलफलका विषय बनाएर लिएर आउनुपर्यो । त्यसकारण छलफल नै नगर्नुस् भनिएन । छलफलबाट वञ्चित गरिएन नि । छलफलबाट वञ्चित पनि गरिएन, नगर्नुस् पनि भनिएन । समूहमा छलफल गरेर लिएर आउनुस भनेपछि विचार छलफल गर्नबाट वञ्चित गरिएन । तर उहाँले प्रश्तुति गर्नु भएन । अध्यक्षले यस भन्नुभयो, उहाँले स्विकार गर्नुभयो ।’

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने पार्टीको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, नेता थापाले फरक मत राख्दै आएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?