Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

एमालेको विधान महाधिवेशनमा नेता थापालाई फरक मत प्रश्तुतीमा रोक लगाइयो


काठमाडौँ। नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रश्तुत गर्नबाट रोक लगाइएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज हजमा दोस्रो दिन शनिवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नदिएकोसहित आफ्नो फरक मत प्रश्तुत गर्न मञ्चतिर गएका नेता थापालाई अध्यक्ष ओलीले हलमा फरक मतको प्रश्ताव वितरण भइसकेकाले प्रश्तुत गर्न आवश्यक नभएको भनेपछि नेता थापा फरक मत पेश गर्न रोकिएका हुन् । सबै सदस्यलाई सो फरक मत वितरण भइसकेको र त्यसलाई समूहगत छलफलमा अध्यक्ष ओलीले लैजान भनेपछि नेता थापा फरक मत हलमा प्रश्तुत नगर्न सहमत हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सो फरक मत छलफल गर्नबाट वञ्चित नगरिएको खाली प्रश्तुत गर्न भने वितरण गरिसकिएकाले आवश्यक नभएको कुरा अध्यक्ष ओलीले नेता थापालाई सचेत गराउनुभएको उनको भनाई थियो ।

प्रचार विभाग प्रमुख गौतमले भने, ‘प्रत्येक सदस्यले पहिले त्यो छलफलका विषय बनाएर लिएर आउनुपर्यो । त्यसकारण छलफल नै नगर्नुस् भनिएन । छलफलबाट वञ्चित गरिएन नि । छलफलबाट वञ्चित पनि गरिएन, नगर्नुस् पनि भनिएन । समूहमा छलफल गरेर लिएर आउनुस भनेपछि विचार छलफल गर्नबाट वञ्चित गरिएन । तर उहाँले प्रश्तुति गर्नु भएन । अध्यक्षले यस भन्नुभयो, उहाँले स्विकार गर्नुभयो ।’

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने पार्टीको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, नेता थापाले फरक मत राख्दै आएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?