Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा ए.आई.को उपयोगबारे अध्ययन भइरहेको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा ए.आई. निकै उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने बताए । नेपालको सन्दर्भमा पनि ए.आई. ले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्नसक्नेमा दुईमत नरहेको बताएका छन् । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई ए.आई. बाट सरल बनाउन सकिने उनको विश्वास छ । तर गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक रहेको उल्लेख गरे । उनले कृत्रिम बुद्धिमत्ता (ए.आई.) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको पनि बताएका छन् ।

उनले भने, ‘कृत्रिम बुद्धिमत्ता (ए.आई.) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको छ । नियमित स्वास्थ्य परीक्षणमा भिडियो मार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दुरदराजमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीबाट जोखिम घटाउन सकिने जस्ता धेरै सकारात्मक प्रभाव छन् । विभिन्न क्षेत्रका निर्णय प्रक्रियामा ए.आई. को विश्लेषणात्मक क्षमता उपयोगी हुन्छ, जसले समय र स्रोत दुबैको वचत गर्छ । तर ए.आई. सँग केही गम्भीर बेफाइदाहरु पनि छन् । गलत सूचना र भ्रम फैलाउने ‘डीपफेक’ प्रविधि, साइबर ठगी तथा संवेदनशील व्यक्तिगत डेटा चोरी हुने सम्भावना लगायतका समस्या बढिरहेका छन् । त्यस्तै, कृत्रिम बुद्धिमत्ताले मानव श्रमलाई विस्थापित गर्ने खतरा पनि छ, जसले बेरोजगारी बढाउन सक्छ । त्यसैले, यसको प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी छ । संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा ए.आई. को उपयोगले कार्यसम्पादनलाई सहज र पारदर्शी बनाउन सकिनेबारे हामीले अध्ययन गरिरहेका छौं । संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसन मार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा ए.आई. निकै उपयोगी हुन सक्छ । यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्छ । नेपालको सन्दर्भमा पनि ए.आई. ले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुईमत छैन । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई ए.आई. बाट सरल बनाउन सकिन्छ । तर, गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक छ । आजको कार्यक्रमको अन्तिम सेसनमा संसदमा ए.आई. जस्ता प्रविधिको प्रयोगबारे हुने छलफलले केही दिशानिर्देशन गर्ने अपेक्षा लिएको छु ।’

सभामुख घिमिरेले गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै एआईको प्रयोग गर्नु उचित हुने बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?