Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

संसदीय सुनुवाई समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध चयन (तस्बिरसहित)


काठमाडौँ। संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाएका छन् ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानविन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?