Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिका अस्पताल भर्ना


महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिकालाई अस्पताल पुर्याइएको छ ।

खाजामा छेपारो परेको थाहा पाएपछि खाजा खाएका बालबालिकालाई अस्पताल पुर्याइएको हो । आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोकाअनुसार बिहीवार दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि अन्य बालबालिकाले पनि वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्याएका हुन् । प्रादेशिक अस्पताल जनकपुरधामकाअनुसार कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन तर शतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको हो । प्रादेशिक अस्पताल जनकपुरधामका आकस्मिक कक्षका उज्वल झाकाअनुसार बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिएको छैन । बालबालिकाहरु डराएकाले निगरानीका लागि अस्पतालमा राखिएको झाले बताएका छन् ।

यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो यस विषयमा छानविन गरेर दोषीलाई कारबाहीसम्म गर्ने चेतावनी दिएका छन् ।

उपचारका लागि पुगेका सबै बालबालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् भने केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?