Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कला, संस्कृति र सम्पदा संरक्षण सबैको साझा दायित्वः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनको लागि सरकार मात्र नभई निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व रहेको बताएका छन् ।

शुक्रवार नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतान्त्रिक शासन प्रणालीमा सबै वर्ग, क्षेत्र र पेसाले समान अवसर पाउने उल्लेख गर्दै सम्पदा संरक्षणमा चनाखो हुन सम्पदाप्रेमीहरुलाई आग्रह गरे। उनले नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा महोत्सव आयोजना हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै यस्तो कार्यक्रमले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका कथा विश्वसामु चिनाउन योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा सबै वर्ग, क्षेत्र र जातिको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुनेमा विश्वास समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘सदियौं पुराना कला, संस्कृति र सम्पदाहरुको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस असरमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तर समेतको सहभागितामा यो नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु । देशका विभिन्न क्षेत्रका संस्कृति तथा धरोहार, सम्पदा तथा गतिविधिको अध्ययन, अनुसन्धान विश्वमा चिनाउने यस्ता सम्पदा र संस्कृतिको विकास र संरक्षणलाई सरकारले प्राथमिकता दिनुपर्छ । यसको संरक्षणको लागि सम्पदाप्रेमिहरु सदैव चनाखो हुनुपर्छ । लोकतान्त्रिक शासन प्रणालीमा नै सबै वर्ग, क्षेत्र र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो ।’

यही व्यवस्थामा प्राप्त उपलब्धी र अवसरहरुको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास गर्नतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताए ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?