Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कर सङ्कलन अभियान


२६ चैत ,विराटनगर। विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा कर विज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्ने र तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् ।

महानगरले आफ्नो आन्तरिक आय बढाउन हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ । तोकिएका सम्पर्क व्यक्तिले स्वयम्सेवकसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका विषयमा सहजीकरण गर्दै आएका छन् ।

करका विषयमा समस्या आए सम्पर्क व्यक्तिले महानगरसँग समन्वय गरेर समाधान गर्नेछन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले आन्तरिक आय वृद्धिका लागि महानगरले कर सङ्कलन अभियान सञ्चालन गरिरहेको बताए ।

आन्तरिक आय बलियो नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने उनको भनाइ थियो ।

सो अवसरमा राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले वडास्तरमै जनप्रतिनिधिलाई सम्पर्क व्यक्ति तोक्दा कर सङ्कलन अभियान प्रभावकारी भएको दाबी गरे ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?