Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक एक्स्पो’ सम्पन्नः २७ हजारले गरे अवलोकन


काठमाडौँ। नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ ।गत शुक्रवारबाट शुरु भएको प्रदर्शनी आईतवार सम्पन्न भएको हो ।

प्रदर्शनीको आईतवार दिउँसोसम्म २७ हजार बढीले अवलोकन गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताएका छन् । प्रदर्शनीमा नेपालसहित विभिन्न देशका १ सय ५० भन्दा बढी स्टलहरु राखिएका थिए । बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पुर्याउने र ऊर्जा व्यवसायलाई सबल बनाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको प्रबन्ध निर्देशक भट्टराईले बताए । उनले देशबाहिरका कम्पनीहरुले समेत नेपालमा पाउर सेक्टरको राम्रो सम्भावना रहेको सन्देश बोकेर फर्किएको बताएका छन् । उनले अगामी वर्षहरुमा हुने प्रदर्शनीमा अझै गुणस्तरीय र एडभान्स सामग्रिसहित नेपाल आउने आश्वासन समेत विदेशी कम्पनीहरुले दिएर गएको बताए । अगामी वर्षहरुमा पाउर क्षेत्रका सामग्रिको सहज पहुँच विस्तारका लागि प्रदेश र जिल्ला स्तरमा प्रदशर्नी आयोजना गर्नेगरी गृहकार्य भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हिजो, अस्ति र आज दिउँसोसम्म प्रदर्शनीको २७ हजार जनाले अवलोकन गरेको जानकारी छ । जम्मा कति जनाले गरे भन्ने कुरा चाँही साँझ मात्र थाहा हुन्छ । मुलुकबाहिरबाट आएका कम्पनीहरुले समेत नेपालमा पावर सेक्टरमा राम्रो सम्भावना रहेछ भन्ने पृष्ठपोषण दिनुभएको छ । र उहाँहरुले आउने वर्षहरुमा अझै एड्भान्स प्रोडक्टहरु लिएर फेरि नेपालमा आउँछौं भन्ने आश्वासन दिएर विदा हुनु भएको छ । हामीले अन्तरराष्ट्रियस्तरको प्रदर्शनी गरिसकेपटि यहाँ ५० प्रतिशतभन्दा बढी कम्पनीहरु नेपाल बाहिरका छन् । उहाँहरुलाई हामीले जिल्ला र पालिकास्तरमा लैजानको लागि हामीले सबै कुराको सुविधा पनि दिन सक्नुपर्यो । हामीले गरेका प्रदर्शनीका संस्करणहरुले अगामी वर्षहरुमा यस्ता प्रदर्शनीलाई जिल्लास्तरमा कसरी लैजान सकिन्छ भन्नेबारेमा वर्कआउट गरिरहेका छौं ।’

प्रदर्शनीमा स्टिलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नविनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री राखिएका थिए ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?