Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

आईतवार झापामा सञ्चारकर्मीमाझ उहाँले आफूले सो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने बताएका छन् । अध्यक्ष लिङदेनले आफूहरुले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे । आफूहरुको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उहाँले आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष लिङदेनले सो प्रकरणमा छानविनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि दोहोर्याएका छन् ।

उनले भने, ‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानविनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं । उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानविन आयोग त गठन हुनुप¥यो नि त । भोली दोषी ठहरियोभने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ । राजीनामा पनि दिई हाल्नु हुन्छ भनेर भन्दा पनि सुन्दा पनि नसुनेर जुन ढंगले संसदलाई सभामुखले अगाडि बढाइराख्नुभएको छ । सरकारले पनि जुन ढंगले उपेक्षा गरिराखेको छ । मलाई लाग्छ–त्यो नेपाली जनताले हेरिराखेको छ । र, आगामी दिनमा नेपाली जनताले यसको मूल्यांकन गर्नेनै छ । हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौं । र, आवश्यक प¥यो भने दुई वटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ ।’

उनले फरक प्रसंगमा आफूले पार्टीमा नयाँ साथीहरुलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?