Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ओली-शि चिनपिङ वार्ताः नेपाल-चीन आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले नेपालको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै अहिले चीनसँगका अवरुद्ध नाकाहरु सञ्चालन गर्न पहल गरिदिन पनि आग्रह गरेको बताए । जवाफमा चिनियाँ राष्ट्रपति शि चिनफिङले नेपाललाई भूपरिवेष्ठितबाट जमिनको माध्यमले ठूला बजारमा पहुँच विस्तार गर्ने देशको रुपमा विकसित भएको हेर्न चाहेको उल्लेख गरे । व्यापारिक नाकाहरु खोलेर सुचारु गराउने कुरामा थप प्रतिवद्धता जनाउनुभएको पनि खतिवडाले बताए । चीनमा नेपालको तर्फबाट ठूलो मात्रामा निर्यात बढाउन गुणस्तरीय कृषियोग्य वस्तुहरु, नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेमा विश्वस्त बनाएको बताएका छन् ।

उनले भने, ‘नेपालका सम्माननीय प्रधानमन्त्रीज्युले चिनियाँ सहयोगले नेपालको विकासमा जुन योगदान गरेको छ, त्यसको म प्रशंसा गर्दछु, अहिले जुन नाकाहरु अवरोध भएका छन्, व्यापारिक नाकाहरु ति नाकाहरु छिटो खोल्नका लागि चिनियाँ सहयोगको अपेक्षा गर्दछु भन्नुभएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयनलाई हामीले अघि बढाउनुपर्छ भन्नेकुरा राख्नुभएको छ । चिनियाँ राष्ट्रपतिले त्यसलाई सम्बोधन गर्दै हामी नेपाललाई भूपरिवेष्ठितबाट जमिनको माध्यमबाट ठूला बजारहरुमा आवद्ध हुने देशको रुपमा विकास भएको हेर्न चाहन्छौँ भन्नुभएको छ । व्यापारिक नाकाहरु खोलेर सुचारु गराउने कुरामा थप प्रतिवद्धता जाहेर गर्नुभएको छ । चीनमा नेपालको तर्फबाट अलि ठूलो मात्रामा निर्यात बढाउन गुणस्तरीय कृषियोग्य वस्तुहरुको कुरा, नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेछ भन्नुभएको छ । अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्दछ भन्नुभएको छ । सीमा व्यापारको सम्बन्धमा कुरा उठ्दा उहाँले अहिलेको अवरोध हटाउन चीन तयार छ भन्नेकुरा राख्नुभएको छ । बहुपक्षिय रुपमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउने कुरामा नेपालको सहयोग रहनेछ भनिरहँदा नेपाल र चीनबीचको आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढ्नुपर्ने भन्नुभएको छ।’

आर्थिक सल्लाहकार खतिवडाकाअनुसार अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्ने, सीमा व्यापारको सम्बन्धमा कुरा उठ्दा अहिलेको अवरोध हटाउन चीन तयार रहेको बताउनुभएको पनि जानकारी दिएका छन् । बहुपक्षिय रुपमा अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउने कुरामा नेपालको सहयोग रहने र नेपाल र चीनबीचको आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?