Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

ओली-शि चिनपिङ वार्ताः नेपाल-चीन आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले नेपालको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै अहिले चीनसँगका अवरुद्ध नाकाहरु सञ्चालन गर्न पहल गरिदिन पनि आग्रह गरेको बताए । जवाफमा चिनियाँ राष्ट्रपति शि चिनफिङले नेपाललाई भूपरिवेष्ठितबाट जमिनको माध्यमले ठूला बजारमा पहुँच विस्तार गर्ने देशको रुपमा विकसित भएको हेर्न चाहेको उल्लेख गरे । व्यापारिक नाकाहरु खोलेर सुचारु गराउने कुरामा थप प्रतिवद्धता जनाउनुभएको पनि खतिवडाले बताए । चीनमा नेपालको तर्फबाट ठूलो मात्रामा निर्यात बढाउन गुणस्तरीय कृषियोग्य वस्तुहरु, नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेमा विश्वस्त बनाएको बताएका छन् ।

उनले भने, ‘नेपालका सम्माननीय प्रधानमन्त्रीज्युले चिनियाँ सहयोगले नेपालको विकासमा जुन योगदान गरेको छ, त्यसको म प्रशंसा गर्दछु, अहिले जुन नाकाहरु अवरोध भएका छन्, व्यापारिक नाकाहरु ति नाकाहरु छिटो खोल्नका लागि चिनियाँ सहयोगको अपेक्षा गर्दछु भन्नुभएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयनलाई हामीले अघि बढाउनुपर्छ भन्नेकुरा राख्नुभएको छ । चिनियाँ राष्ट्रपतिले त्यसलाई सम्बोधन गर्दै हामी नेपाललाई भूपरिवेष्ठितबाट जमिनको माध्यमबाट ठूला बजारहरुमा आवद्ध हुने देशको रुपमा विकास भएको हेर्न चाहन्छौँ भन्नुभएको छ । व्यापारिक नाकाहरु खोलेर सुचारु गराउने कुरामा थप प्रतिवद्धता जाहेर गर्नुभएको छ । चीनमा नेपालको तर्फबाट अलि ठूलो मात्रामा निर्यात बढाउन गुणस्तरीय कृषियोग्य वस्तुहरुको कुरा, नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेछ भन्नुभएको छ । अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्दछ भन्नुभएको छ । सीमा व्यापारको सम्बन्धमा कुरा उठ्दा उहाँले अहिलेको अवरोध हटाउन चीन तयार छ भन्नेकुरा राख्नुभएको छ । बहुपक्षिय रुपमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउने कुरामा नेपालको सहयोग रहनेछ भनिरहँदा नेपाल र चीनबीचको आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढ्नुपर्ने भन्नुभएको छ।’

आर्थिक सल्लाहकार खतिवडाकाअनुसार अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्ने, सीमा व्यापारको सम्बन्धमा कुरा उठ्दा अहिलेको अवरोध हटाउन चीन तयार रहेको बताउनुभएको पनि जानकारी दिएका छन् । बहुपक्षिय रुपमा अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउने कुरामा नेपालको सहयोग रहने र नेपाल र चीनबीचको आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?