Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

ओलीले चिनियाँ राष्ट्रपतिलाई भनेः ‘नेपाली भू-भाग प्रयोग गर्नेगरी भारतसँग भएको सम्झौता पालना नगर्नुस्’


काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सम्झौता पालना नगर्न चीनसँग आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यसबारे चीनलाई सचेत गराएका हुन् । दुई पक्षिय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालको लिपुलेक हुँदै चीन र भारतले व्यापारिक मार्ग खोल्न गरेको सम्झौता पालना नगर्न आग्रह गरे । सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको र त्यसअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग भएको स्पष्ट पार्नुभएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् ।

उनकाअनुसार नेपाली भूभागहरु प्रयोग गर्नेगरी सम्झौता हुनु नहुने भन्दै ओलीले चीनले सम्झौता पालना गर्न नमिल्ने प्रधानमन्त्री ओलीले बताए । चिनियाँ राष्ट्रपति चिनिपिङले नेपालको दाबीलाई चीनले कमी हुन नदिने आश्वासन दिएका छन् । साथै नेपाल र भारतको सीमा विवाद दुई देशले बसेर समाधान गर्न पनि आग्रह गरेको सचिव राईले बताए ।

उनले भने, ‘चिनियाँ राष्ट्रपतिसमक्ष अहिले भइरहेको लिपुलेकको विषयलाई पनि उठाउनुभएको छ । सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको हो र त्योअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग हुन् । सार्वभौम भूभाग हुन् नेपालका । ति भूभागहरु प्रयोग गर्नेगरी भएको सम्झौता छ, हुनु हुँदैन थियो, चीन सरकारले त्यो सम्झौता पालना नगरोस् र त्यो सम्झौताका सम्बन्धमा नेपालको आपत्ति छ भन्ने स्पष्ट धारणा राख्नुभयो । चिनियाँ राष्ट्रपतिज्युले नेपालको जुन दाबी छ, त्यसमा हाम्रो कुनै प्रकारको दाबीलाई कमी हुँदैन, परम्परागत रुपमा नाका प्रयोग हुँदै आएको हो तर तपाईंहरुको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौँ, तपाईंहरु दुवै पक्षले समाधान गर्ने विषय हो । नेपालको दाबीमा हाम्रो कुनैपनि प्रकारको सम्झौता होइन भन्ने बुझिदिनुहोला भन्ने प्रत्युत्तर थियो ।’

सचिव राईकाअनुसार चिनियाँ राष्ट्रपतिले नेपालको दाबीमा चीनको कुनैपनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?