Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ओलीले चिनियाँ राष्ट्रपतिलाई भनेः ‘नेपाली भू-भाग प्रयोग गर्नेगरी भारतसँग भएको सम्झौता पालना नगर्नुस्’


काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सम्झौता पालना नगर्न चीनसँग आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यसबारे चीनलाई सचेत गराएका हुन् । दुई पक्षिय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालको लिपुलेक हुँदै चीन र भारतले व्यापारिक मार्ग खोल्न गरेको सम्झौता पालना नगर्न आग्रह गरे । सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको र त्यसअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग भएको स्पष्ट पार्नुभएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् ।

उनकाअनुसार नेपाली भूभागहरु प्रयोग गर्नेगरी सम्झौता हुनु नहुने भन्दै ओलीले चीनले सम्झौता पालना गर्न नमिल्ने प्रधानमन्त्री ओलीले बताए । चिनियाँ राष्ट्रपति चिनिपिङले नेपालको दाबीलाई चीनले कमी हुन नदिने आश्वासन दिएका छन् । साथै नेपाल र भारतको सीमा विवाद दुई देशले बसेर समाधान गर्न पनि आग्रह गरेको सचिव राईले बताए ।

उनले भने, ‘चिनियाँ राष्ट्रपतिसमक्ष अहिले भइरहेको लिपुलेकको विषयलाई पनि उठाउनुभएको छ । सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको हो र त्योअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग हुन् । सार्वभौम भूभाग हुन् नेपालका । ति भूभागहरु प्रयोग गर्नेगरी भएको सम्झौता छ, हुनु हुँदैन थियो, चीन सरकारले त्यो सम्झौता पालना नगरोस् र त्यो सम्झौताका सम्बन्धमा नेपालको आपत्ति छ भन्ने स्पष्ट धारणा राख्नुभयो । चिनियाँ राष्ट्रपतिज्युले नेपालको जुन दाबी छ, त्यसमा हाम्रो कुनै प्रकारको दाबीलाई कमी हुँदैन, परम्परागत रुपमा नाका प्रयोग हुँदै आएको हो तर तपाईंहरुको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौँ, तपाईंहरु दुवै पक्षले समाधान गर्ने विषय हो । नेपालको दाबीमा हाम्रो कुनैपनि प्रकारको सम्झौता होइन भन्ने बुझिदिनुहोला भन्ने प्रत्युत्तर थियो ।’

सचिव राईकाअनुसार चिनियाँ राष्ट्रपतिले नेपालको दाबीमा चीनको कुनैपनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?