Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जनताले माओवादीलाई विश्वास नगरे देश बच्दैनः अध्यक्ष दाहाल


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उनको भनाइ छ । उहाँले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको जिकिर गरे । उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाएका छन् । वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको बताए । उनले माओवादीअनुसारको पाठ्यक्रम, योजना र नीतिहरु बन्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।

उनले भने, ‘माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर काँग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार । मैले त खुलेआम भनेको छु नि । सदनमै भनेको छु । यो सरकार डरबाट बनेको हो । अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लागेपछि त्यसो भएर बनेको सरकार हो यो । यो सुशासन दिन बनेको सरकार हो र अनि यसले सुशासनको आशा गर्नु । अहिले माओवादीअनुसारको पाठ्यक्रम हुनुपर्ने, यो परिवर्तन उसले ल्याएको भएपछि नीतिहरु पनि त्यो अनुसार बन्नुपर्ने । किन बन्न सकेन भन्नेकुरामा ध्यान जान जरुरी छ । लास्टमा चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बच्दैन, बच्दैन । धेरै ठूलो अफ्ठ्यारोमा जान्छ ।’

उनले माओवादीले पनि विगतमा गरेका कमी, कमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?