Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित


काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

समितिको बुधवारको बैठकमा नेपाली काँग्रेसकी सांसद न्यौपाने सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । बैठकको सञ्चालन समितिका ज्येष्ठ सदस्य सभापति सर्वेन्द्रनाथ शुक्लालले गरेका थिए शुक्लाले नै समिति सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएकी थिइन् । उनको प्रश्तावक काँग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए । यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिनुभएको थिए ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?