Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छः वर्षमान पुन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन्  ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताएका छन् । उनले जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको जिकिर गरेका छन् । साथै नेपालले छिमेकमा निर्यात गर्दै आइरहेको भन्दै नेपाल अब विद्युतमा आत्मनिर्भर बनेको दाबी गरे । नेपालमा नदी प्रवाहित आयोजनाहरु बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘प्रश्न उठ्ने गर्दछ, नेपालमा नीतिगत निरन्तरता छैन भनेर तर एउटै क्षेत्र हो, उर्जा क्षेत्र, खासगरी जलविद्युतको क्षेत्रमा, नविकरणीय उर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ । झन्डै दुई दशकदेखि एउटै नीति छ । जसको परिणाम आज हामी कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, अन्त्य भयो । छिमेकमा निर्यात गर्दै आएका थियौँ । अहिले हामी उर्जा क्षेत्रमा आत्मनिर्भर भएका छौँ । हाम्रा नदी प्रवाहित आयोजनाहरु बढी छन् । अहिले पनि हामी हिउँदमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । कुनै न कुनै किसिमले हामीले जलाशययुक्त आयोजनामा जानुपर्ने हुन्छ ।’

उपमहासचिव पुनले उत्पादित विद्युत विक्रीको लागि बजारको समस्या नरहेको बताएका छन्  ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?