Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राजनीतिक दलहरु लुकामारी खेल्दैछन्ः पूर्वप्रमुख निर्वाचन आयुक्त थपलिया


काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरुले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन्  ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरु ऐनविपरित लुकामारी खेलेजसरी चलिरहेको उनको आरोप छ । उनले राजनीतिक दलका केन्द्रिय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पती विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भएपनि कुनैपनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गरेका छन् । उनले आयोगलाई दलको कार्यालय छिर्ने अधिकार नभएकोले ऐन कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पनि समस्या हुने गरेको बताए । उनले  राजनीतिक दलहरु नै ऐनविपरित चल्दा मुलुको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको बताए  ।

उनले भने, ‘राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । कसैले पनि बुझाएको छैन । निर्वाचन आयोगले माग्दा सबैले बुझाएको छ भनेर पत्र लेख्छन् । त्यो कार्यालयमा छिर्ने अधिकार आयोगलाई हुदैन । यसरी राजनीतिक दलहरु लुकामारी खेले जसरी चलिरहेका छन् । अब कहाँको सुशासन, कहाँको समृद्धि, कहाँको विकास र कहाँको संस्थागत उन्नति ? विनम्रतापूर्वक म अहिले पनि के अनुरोध गर्छु भने हामीले यी सबै कुराहरु समावेश गरेर कानून बनाएका छौं । त्यो ऐनको ड्राफ्ट पठाउन भनेर पहल गर्नको लागि अनुरोध गर्छु । त्यो कानून पारित गर्न सक्यौं भने फेरी पनि यस्तमा विषयमा यो खाले छलफल गरिरहनु पर्दैन । बरु कार्यान्वयनका विषयमा छलफल गर्न सकिन्छ ।’

उनले मुलुकको विकास र समृद्धिको दायित्व राजनीतिक दललाई भएको उल्लेख गर्दै उहाँले दलहरु मजबुत र संस्थागत नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको पनि बताए ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?