Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

वर्चश्वशाली समूहहरु आफ्नो स्वार्थ पूरा गर्न संविधानलाई पछाडि धकेल्न खोज्दैछन्ः प्रमुख सचेतक परियार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान तुलनात्मक रुपमा प्रगतिशील भएपनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन पर्न नसकेको टिप्पणी गरेका छन् ।

उनले संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताउदै राजनीतिक दलहरुले संविधानको कार्यान्वयन नगरेको पनि आरोप लगाए । उनले संविधानको व्यवस्थाअनुसार राजनीतिक दल र नेतृत्वले व्यवहार नगर्दा दलको व्यवहारअनुसारको संविधान बनाउने षड्यन्त्र भइरहेको पनि टिप्पणी गरेका छन् ।

उनले भने, ‘लगभग ७० वर्षदेखिको राजनीतिक दलहरुको निरन्तरको प्रयास, मेहेनत र उहाँहरुले खेल्नुभएको भुमिकाले आज हामीले तुलनात्मक रुपमा विगतका ६ वटा संविधानभन्दा यो महिलाको पक्षमा दलितको पक्षमा र मधेसको पक्षमा राम्रो संविधान पाएका छौं । यो कुरा कतिपयलाई मन परिरहेको छैन । वर्चश्वशाली सधैं सत्ताशक्तिमा हुने र सधैं शक्ति संरचनामा रमाइलो गर्नेहरुलाई यो कुरा मन परिरहेको छैन । विभिन्न कोणबाट योमाथि संविधान संशोधनको नाउमा संविधानलाई अगाडि लैजानेभन्दा पनि पछाडि फर्काउने बहसहरु भइरहेको हो कि भन्ने सन्देह छ । विद्धानहरुको निरन्तरको पहरेदारी भएन भने यही संविधानलाई पनि अझ पछाडितिर फर्काउने र आफ्ना निहित स्वार्थ पुरा गर्ने नेतृत्व तहको खास समूहको स्वार्थ पूरा गर्ने संविधानतिर जान्छ कि भन्ने मलाई डर छ । आज संविधान संशोधनका बहसहरु ठिक ठाउँमा छन् जस्तो मलाई लागिरहेको छैन । यो संविधान एउटा करार हो सबै पार्टीबीच भएको सम्झौता हो । त्योअनुसारको हाम्रो व्यवहार हुनुपर्ने हो कि नपर्ने ? अनि संविधान अुनसार पार्टी र नेतृत्वको व्यवहार नहुने अनि नेतृत्वको व्यवहारअनुसारको संविधान बनाइदिनुपरेको छ हामीले । यो आफैंमा षड्यन्त्रपूर्ण छ । होइनभने जुन किसिमको समानुपातिक व्यवस्था संविधानले गरेको हो त्यो कुरा पार्टीहरुले व्यवहारमा ल्याएनन् ।’

संविधानले गरेको समानुपातिक व्यवस्था दलहरुले कार्यान्वयन नगरेको उनको आरोप छ ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?