नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा ( नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उहाँले बताउनुभयो ।
उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार