Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जनार्दनको आत्मग्लानीः कानून चोरी हुने संसदमा किन आइएछ !


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् ।

उनले आफू अन्तरिक कालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताएका छन् । आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने बताउदै उनले संविधानमा लेखिएका कुराहरु कार्यान्वयन गर्न नसकेको भन्दै दुःखेसो गरेका छन् । उनले आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरु तर्सिने गरेको टिप्पणी गरे ।

उनले भने, ‘संविधानमा उपलब्ध प्रगति त ग¥यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ । यो मैले गरेको प्रश्न म आफैँलाई हो । तर मैले आफैँलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैँलाई गरेको हो । किनभन त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरुले पानामा लेखेका कुराहरु नै उपयोग गर्नेतिर किन जान सकेनौँ । म त अन्तरिम कालदेखि संसदमा निरन्तर छु । पछिल्लो समय आउँदा त कानून त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानून नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’

उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको बताएका छन्।


प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?