Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जनार्दनको आत्मग्लानीः कानून चोरी हुने संसदमा किन आइएछ !


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् ।

उनले आफू अन्तरिक कालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताएका छन् । आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने बताउदै उनले संविधानमा लेखिएका कुराहरु कार्यान्वयन गर्न नसकेको भन्दै दुःखेसो गरेका छन् । उनले आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरु तर्सिने गरेको टिप्पणी गरे ।

उनले भने, ‘संविधानमा उपलब्ध प्रगति त ग¥यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ । यो मैले गरेको प्रश्न म आफैँलाई हो । तर मैले आफैँलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैँलाई गरेको हो । किनभन त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरुले पानामा लेखेका कुराहरु नै उपयोग गर्नेतिर किन जान सकेनौँ । म त अन्तरिम कालदेखि संसदमा निरन्तर छु । पछिल्लो समय आउँदा त कानून त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानून नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’

उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको बताएका छन्।


प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?