Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्‍याउँछौँः माधव नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिएका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताएका छन् । उनले मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताउंदै जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) को भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने र नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्याउने बताएका छन् ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि एक पटक एउटा अभियान सञ्चालन गरेको थियो । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान । मेची—महाकाली अभियानमा सयकडौं र्काकर्ता सहभागि भएका थिए । हजारौँ जनताको साथ र समर्थन पाएका थियौँ । ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो । जुन पार्टी जनताको विश्वास गर्न चाहन्छ, उनीहरु शक्तिलाई परिचालित गरिरहेको हुन्छ । परिचालनको क्रम पालिका पालिकाभित्र हुन्छ । जिल्ला जिल्लामा पनि हुन्छ । जिल्लास्तरको अभियान सञ्चालन गरेर पालिकास्तरको अभियान सञ्चालन गरेर, प्रदेश स्तरको अभियान सञ्चालन गरेर, राष्ट्रिय स्तरको अभियान सञ्चालन गर्नुपर्छ । हामी पार्टीलाई अघि बढाउन चाहन्छौँ । यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन् । अवश्य ठूलो छ भन्नेकुरा पनि आउँदैन । तर यो पार्टीलाई हामीले सशक्त बनाउनुपर्नेछ । ठूला पार्टी बनाउनुपर्नेछ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पु¥याउनुपर्दछ ।’

अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रुपान्तरण गर्न सक्ने बताएका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?