Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इजरायलद्वारा गाजा शहर आक्रमणको लागि ६० हजार सेना तैनाथ


काठमाडौँ। इजरायलले गाजा शहर कब्जा गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न योजनावद्ध आक्रमण गर्नुअघि बुधवार ६० हजार सेना तैनाथ गरेको छ ।

सरकारका प्रवक्ताले आगामी दिनहरूमा थप २० हजार सैनिकहरू बोलाइने बताएका छन् । अभियानभर तीन चरणहरूमा कुल १ लाख १०, हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरू तैनाथ गरिनेछ । रिपोर्टअनुसार आक्रमणमा गाजा शहरभित्र १२ वटा ब्रिगेडहरू सञ्चालन हुने अनुमान गरिएको छ ।

रक्षामन्त्री इजरायल काट्जबाट मंगलवार राति प्रारम्भिक स्वीकृति प्राप्त भएपछि अन्तिम स्वीकृतिको लागि आगामी दिनहरूमा सुरक्षा मन्त्रिपरिषद्ले अपरेशनको समीक्षा गर्ने अपेक्षा गरिएको बताए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार गाजामा इजरायलको २२ महिनाको आक्रमणमा ६२ हजार बढीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार भोकमरीबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ ।

मंगलवारसम्म गाजामा १ सय १२ बालबालिकासहित कम्तिमा २ सय ६६ जनाको भोकमरीबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?