Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इजरायलद्वारा गाजा शहर आक्रमणको लागि ६० हजार सेना तैनाथ


काठमाडौँ। इजरायलले गाजा शहर कब्जा गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न योजनावद्ध आक्रमण गर्नुअघि बुधवार ६० हजार सेना तैनाथ गरेको छ ।

सरकारका प्रवक्ताले आगामी दिनहरूमा थप २० हजार सैनिकहरू बोलाइने बताएका छन् । अभियानभर तीन चरणहरूमा कुल १ लाख १०, हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरू तैनाथ गरिनेछ । रिपोर्टअनुसार आक्रमणमा गाजा शहरभित्र १२ वटा ब्रिगेडहरू सञ्चालन हुने अनुमान गरिएको छ ।

रक्षामन्त्री इजरायल काट्जबाट मंगलवार राति प्रारम्भिक स्वीकृति प्राप्त भएपछि अन्तिम स्वीकृतिको लागि आगामी दिनहरूमा सुरक्षा मन्त्रिपरिषद्ले अपरेशनको समीक्षा गर्ने अपेक्षा गरिएको बताए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार गाजामा इजरायलको २२ महिनाको आक्रमणमा ६२ हजार बढीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार भोकमरीबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ ।

मंगलवारसम्म गाजामा १ सय १२ बालबालिकासहित कम्तिमा २ सय ६६ जनाको भोकमरीबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?