Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन्  ।

नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको उनको भनाइ छ । दरबार हत्या काण्ड, दासढुुङगा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनको भनाइ छ । देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उनले बताएका छन् । नेपालमा मुलुकमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको उनले बताए ।

कुराकानीमा अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताएका छन् । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ । उनले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गरेका छन् । एउटा होईन, चार/चार वटा संस्थाले अनुसन्धान गरेको उनले बताए  । राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उनले जानकारी दिएका छन्  ।

उनले भने , ‘कतिपय कुराहरु नेपालमा रहस्यमय छ । दरबार हत्या काण्ड कसले गरायो ? दासढुुङगा काण्ड कसले गरायो ? धेरै कुराहरु के छन् त भन्दाखेरी अझै पनि अज्ञान नै रहेको छ । धेरै कुराहरु थाहा नभइसकेको अवस्था पनि छ । देशको राष्ट्रप्रमुख, त्यो पनि त्यत्रो सुरक्षाभित्र घटना घट्यो, कसरी घट्यो । कसले घटायो । यो मुलुकमा कसैले सोच्दै नसोचेको, चिताउँदै नचिताएका कुराहरु पनि हुँदो रहेछ । अनुमानको आधारमा कसैले कसैमाथी आरोप लगाउन त सजिलो कुरा हो । तर त्यसको अनुसन्धान त भइसकेको छ नी । एउटा होइन, चार—चार वटा राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरिसक्यो, प्रतिवेदन दिइसक्यो । यो कुनै नयाँ कुरा त होइन ।’

गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरु त्यहाँ नरहेको उनको दाबी छ । त्यहाँ बिसौँ हजार गाँउका जनता मात्रै भएको उनले बताए । त्यसबेला माओवादीहरुप्रति जनता आक्रोशित भएकोले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाई छ ।

माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरु गर्ने गरेका कारण त्यसको रियाक्सनको रुपमा उक्त घटना भएको हुनसक्ने उनले बताए  । अध्यक्ष यादवले उक्त घटनाको ओएचसिआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताएका छन् । पाटनको पुनरावेदन अदालतका मुख्य न्यायधीशको संयोजकत्वमा बनेको न्यायिक छानविन आयोगले पनि छानविन गरेर त्यो कुराको पुष्टी गरेको उनको दाबी छ । राजनितिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागी प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उनले बताएका छन् ।

उनले भने, ‘त्यहाँ माओवादीका छापामारले आक्रमण गर्दा त हाम्रा मान्छे भागिसेकेका थिए । उनीहरु हतियारसहित थिए, हाम्रा मान्छेसँग केही थिएन । तर बिसौँ हजार जनता गाउँका थिए । फेरि त्यो बेलामा के थियो भने माओवादीहरुप्रति जनता आक्रोशित थिए । अपहरण, फिरौती, विभिन्न कुराहरु चलेको थियो, त्यो बेलामा । मलाई लाग्छ, त्यहाँ त्यसको रियाक्सन पनि भएको हुनसक्छ । त्यो कुरा चाहीँ मैले मात्रै होइन ओएचसिआरले, मानवअधिकार आयोगले र स्वयं न्यायिक अनुसन्धान भएको हो नी त । पाटनको पुनरावेदन अदालतका मुख्य न्यायधिशको संयोजकत्वमा बनेको न्यायिक छानविन आयोगले पनि छानविन गरेर त्यो कुराको पुष्टी गरिसकेको हो । तर के हो भने राजनितिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागी प्रयोग गर्ने हो भने त त्यो बेग्लै कुरा हो ।’

गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । २०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?