Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै देखेको थिइँनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै नदेखेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले ठगी आरोपमा प्रहरीले मुद्दा चलाएको, अदालतले कारागार पठाउँदा पनि गल्ती भयो भन्दै जयजयकार गर्ने जमात देख्दा अचम्म लागेको पनि बताएका छन् । अरु बन्दी भन्दा छुट्टै कोठामा राखिएको, छुट्टै प्रवन्ध दिएर राखेको, एसी कुलरको प्रवन्धसहित राख्दा समेत वातावरण भएन भन्ने गरिएको बताए । आफू प्रधानमन्त्री भएपछि वितण्डालाई शान्त बनाउने काम गर्दा आगो झोस्ने काम भइरहेको बताएका छन् ।

उनले भने, ‘अब अहिले त के हो भने मानव अधिकारको परिभाषा, अरु अधिकारका परिभाषा, अरु बन्दी भन्दा छुट्टै एउटा बन्दी राखेको छ, छुट्टै कोठा दिएर राखिएको छ । छुट्टै प्रवन्ध दिएर राखेको छ । एसी कुलरको प्रवन्धसहित राखिएको छ । वातावरण भएन भनेर त्यतापट्टि नजाऔँ । थुनामा नराखिएका मानिसहरुको अवस्था कस्तो छ एक जनाले बोल्दै थिए । त्यस्तो अवस्थाबाट माथि उठाउनुछ । गरिबीबाट माथि उठाउनुछ । म प्रधानमन्त्री भइकन गएको एक वर्ष वितण्डालाई शान्त पार्दा यतै आगो झोसेको छ, उतै आगो झोसेको छ, यतै अराजकता, उतै अराजकता, त्यसलाई शान्त पार्दैखेरी विकासका काममा कतिपय रोकावट छ । एउटा ठगीमा प्रहरीले कारबाही गरेर मुद्दा चलाएको छ, अदालतले आदेश दिएको छ, पछाडिको जमात जयजयकार गरेर हिँडेको छ । नेपालको राजनीतिमा यति साह्रो सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात यस्तो अराजक जमात कहिले पनि देखेको थिएन ।’

प्रधानमन्त्री ओलीले यसबीचमा नेपालले असाधारण प्रगति गरेको दाबी गर्दै अविकसित मुलुकबाट विकासशिल मुलुकमा प्रवेश गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?