Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै देखेको थिइँनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै नदेखेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले ठगी आरोपमा प्रहरीले मुद्दा चलाएको, अदालतले कारागार पठाउँदा पनि गल्ती भयो भन्दै जयजयकार गर्ने जमात देख्दा अचम्म लागेको पनि बताएका छन् । अरु बन्दी भन्दा छुट्टै कोठामा राखिएको, छुट्टै प्रवन्ध दिएर राखेको, एसी कुलरको प्रवन्धसहित राख्दा समेत वातावरण भएन भन्ने गरिएको बताए । आफू प्रधानमन्त्री भएपछि वितण्डालाई शान्त बनाउने काम गर्दा आगो झोस्ने काम भइरहेको बताएका छन् ।

उनले भने, ‘अब अहिले त के हो भने मानव अधिकारको परिभाषा, अरु अधिकारका परिभाषा, अरु बन्दी भन्दा छुट्टै एउटा बन्दी राखेको छ, छुट्टै कोठा दिएर राखिएको छ । छुट्टै प्रवन्ध दिएर राखेको छ । एसी कुलरको प्रवन्धसहित राखिएको छ । वातावरण भएन भनेर त्यतापट्टि नजाऔँ । थुनामा नराखिएका मानिसहरुको अवस्था कस्तो छ एक जनाले बोल्दै थिए । त्यस्तो अवस्थाबाट माथि उठाउनुछ । गरिबीबाट माथि उठाउनुछ । म प्रधानमन्त्री भइकन गएको एक वर्ष वितण्डालाई शान्त पार्दा यतै आगो झोसेको छ, उतै आगो झोसेको छ, यतै अराजकता, उतै अराजकता, त्यसलाई शान्त पार्दैखेरी विकासका काममा कतिपय रोकावट छ । एउटा ठगीमा प्रहरीले कारबाही गरेर मुद्दा चलाएको छ, अदालतले आदेश दिएको छ, पछाडिको जमात जयजयकार गरेर हिँडेको छ । नेपालको राजनीतिमा यति साह्रो सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात यस्तो अराजक जमात कहिले पनि देखेको थिएन ।’

प्रधानमन्त्री ओलीले यसबीचमा नेपालले असाधारण प्रगति गरेको दाबी गर्दै अविकसित मुलुकबाट विकासशिल मुलुकमा प्रवेश गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?