Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको र आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ । आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी रहेको बताउदै  विकासलाई आइटीले तिब्रता दिनुपर्ने जिकिर गरेका छन्  ।

प्रधानमन्त्री ओलीले भने, ‘आज आइटी, सुशासन, विकासका लागि, मानिसको दैनिक जीवन र दिनचर्याका लागि सबै कुराहरुका लागि यो टेक्नोलोजी, इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको छ । हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ । आज हामी आईटीलाई मुख्य रुपमा आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी छ । आइटी अनिवार्य आवश्यकता बनेको छ । हाम्रो विकासलाई आइटीले तिब्रता दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आइटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गरेका छन्  ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?