Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको र आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ । आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी रहेको बताउदै  विकासलाई आइटीले तिब्रता दिनुपर्ने जिकिर गरेका छन्  ।

प्रधानमन्त्री ओलीले भने, ‘आज आइटी, सुशासन, विकासका लागि, मानिसको दैनिक जीवन र दिनचर्याका लागि सबै कुराहरुका लागि यो टेक्नोलोजी, इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको छ । हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ । आज हामी आईटीलाई मुख्य रुपमा आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी छ । आइटी अनिवार्य आवश्यकता बनेको छ । हाम्रो विकासलाई आइटीले तिब्रता दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आइटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गरेका छन्  ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?