Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

५० हजार पारिश्रमीकका लागि युवा विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्छः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।

आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने बताएका छन् । उनले नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि बताए । पार्टीको यो अभियान महिलाहरु सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव नहुँने उनले बताएका छन् । यसका लागी महिलाहरु आत्मनिर्भर र व्यवसायिक बन्नुपर्नेमा उनले जोड दिएका छन् । उनले राजनिति गर्ने हरेक मान्छेले सानो भएपनि पेशा व्यवसाय गर्नुपर्ने बताए ।

उनले भने, ‘यो देशभित्रै रहेको जलस्रोतको उपयोग गरेर, देशमा उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गर्ने, ४०/५० हजार तलबको लागी हाम्रा कुनै युवाले विदेश जान नपर्ने परिस्थिति निर्माण गर्ने र नेपाल राम्रो छ, यसलाई संसारकै राम्रो देश बनाउने जुन अभियानमा हामी लागेका छौँ । त्यो अभियान हाम्रो महिला संगठन सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव छैन । राजनिति पेशा होईन, राजनितिले खाना लाउन दिँदैन । राजनिति गर्छु भन्ने हरेक मानिसले सानो भन्दा सानो भएपनि पेशा व्यवसाय गर्नुपर्छ । कतिपय साथीहरुले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मानिह हुँ भनेर मैले भन्छु नी होईन, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन, तपाईहरुले पनि बुझ्नु भएको छ । पहाडबाट कोदो खान नपुगेर मधेश झरेको, झापाको सुकुम्वासीको छोरा यसलाई अध्यक्ष मान्नुप¥यो भनेर पीर गर्ने मान्छे पनि छन् । तर आफ्नो अवस्थामा हिनताबोध गर्नुहुँदैन । म सुकुम्बासी परिवारबाट आएको हुँला तर मैले खाने गाँसमा, लगाउने कपडामा बेईमानीको अंश छैन ।’

उनले आफ्नो अवस्थामा हिनतावोध गर्न नहुनेमा पनि जोड दिंदै जिल्ला विकास समितिको सभापति भइसकेपछि पनि आफूले माईक्रोबस चलाएको स्मरण गर्दै काम गर्न लाज मान्न नहुने बताएका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?