Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति बनाइएको बताएका छन् ।

बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको बताएका छन् । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइएको र समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताएका छन् । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताए ।

अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिंदै उनले बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको बताए । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको बताए । मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताएका छन् ।

कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेको बताउदै उनले साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको बताएका छन् ।

कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य भएको बताउनुएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘कैलाली कारागारमा मिति २०८२ साउन २२ गते भएको घटनाको बारेमा जानकारीका लागि बोलाउनु भयो । त्यसको लागि सरकारका तर्फबाट सभापतिज्युमार्फत समितिलाई धन्यवाद भन्न चाहन्छु । कैलाली कारागारमा मिति २०८२ यसै महिनाको २२ गते भएको घटनाका बारेमा संक्षिप्तमा केही भन्छु । धनगढी कारागारमा बन्दीहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । ४८ जना घाइते भएका थिए । सो घटनापछि तत्काल घाइतेलाई अस्पताल लगिएको थियो । अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएका छन् । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहनुभएको छ । मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको छ । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेकोमा साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको छ । कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य गरिएको छ ।’

गृहमन्त्री लेखकले कारागारको अहिलेको स्थिति सामान्य रहेको र अहिले कुनै समस्या नरहेको बताउदै कारागारमा सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको बताएका छन् । आगामी दिनमा दुःखद् घटना हुन नदिने कुराको सुरक्षाबाट प्रत्याभुत गरिएको र आवश्यकताअनुसार सुरक्षाकर्मीको उपस्थिति रहेको बताए । बन्दीका परिवारसँग भेट गराई बन्दीको अहिलेको स्थितिबारे परिवारलाई जानकारी गराइएको बताउदै उनले घटनाका बारेमा छानविन गर्न छानविन समिति गठन गरिएको र छानविन समितिको प्रतिवदेन प्राप्त भएपछि दोषीमाथि कानूनी कारबाही हुने बताएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?