Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

राज्य व्यवस्था समिति सभापति पदपूर्तिबारे मुख्य सचेतकहरुसँग सभामुखको छलफल


काठमाडौँ। सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुका प्रमुख सचेतक बीच कुलिङ अफ पिरियड संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल भएको छ ।

मंगलवार साँझ सिंहदरबारमा प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले छानविन समितिले दिएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा छलफल भएको बताउदै उनले कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय बनाउने र कमजोरीहरु अब हुन नदिन के गर्ने भन्नेबारेमा पनि छलफल भएको जानकारी दिएका छन् । उनले विधायिकी कामलाई विश्वसनिय बनाउनुपर्नेमा सबै एकमत रहेको बताए ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘छानविन समितिले रिपोर्ट पेश गरिसकेको छ । त्यसलाई अब कसरी कार्यान्वयन गर्ने, कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय ढंगबाट अघि बढाउने भन्नेकुरा मुख्य पाटो भयो । यस्ता कमजोरी किन भए ? दोषी हाम्रा संरचना हो की, विधायकी कार्यान्वयनमा जनशक्ति नभएको हो की ? संसदमा कानून निर्माणका लागि छुट्टै एउटा महाशाखा निर्माण गरेर विधायिकी कामलाई कसरी विश्वसनिय बनाउने भन्नेमा छलफल भयो । विभिन्न समितिमा विधेयकमाथि छलफल चलाउँछौँ, त्यसको निष्कर्ष तयार गरेर प्रतिवेदन बनाउनुपर्छ । संसदीय समितिका सचिवहरुले ठिक ढंगबाट भुमिका खेल्नुपर्छ । नत्र भने समस्या आउँछ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट कुलिङ अफ पिरियडमा भएको छेडखानी र त्यसबारे अध्ययन गर्न गठित छानविन विशेष समितिको प्रतिवेदनलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताएका छन् । उनले समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएसँगै सभापति निर्वाचनको प्रक्रिया अघि बढाउने बारेमा पनि छलफल भएको बताए ।

प्रमुख सचेतक पाण्डेले भने, ‘हामी प्रमुख सचेतकहरुलाई सम्माननीय सभामुखज्युले बोलाउनुभएको थियो । खास गरेर राज्य व्यवस्था तथा सुशासन समितिको बारेमा जुन छानविन विशेष समिति बनेको थियो । त्यो प्रतिवेदन कार्यान्वयनको विषयवस्तु आयो । त्यो कार्यान्वयन गर्न समितिको सभापतिको निर्वाचन कसरी गर्ने, आज सभापतिज्युले संसदबाटै राजीनामा घोषणा गर्नुभयो । नियमावलीको व्यवस्थाअनुसार अघि बढाउने भन्ने भयो । प्रतिवेदनमा लेखिएको विषयवस्तुहरु कार्यान्वयनको रुपमा अघि बढाउने र क्रमशः कार्यान्वयनमा लैजाने सहमति भएको छ ।’

सभापति रामहरि खतिवडाले समितिको सभापति पदबाट मंगलवारको प्रतिनिधि सभा बैठकमा राजीनामा दिएको घोषणा गरेका छन् । प्रतिवेदनमा लेखिएको विषयवस्तुहरु कार्यान्वयनको रुपमा अघि बढाउने र क्रमशः कार्यान्वयनमा लैजाने सहमति भएको बताए ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?