Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

‘उपमेयर मेरो साथी’


दिपायल, डोटीमा एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन भएको छ । जिल्लाको शिखर नगरपालिकाले नगरपालिकाभित्र रहेका एकल महिलालाई महिना दिन खान पुग्ने गरी सो कार्यक्रम मार्फत खाद्यान्न वितरण गरिएको छ । सोमबार नगरभित्रका ९० एकल महिलालाई चामल, दाल, चिनीलगायतका खाद्यान्न उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको नगरउपप्रमुख सुनिता रावलले बताउनुभयो । नगरपालिकाभित्रका हरेक समस्यालाई नगरपालिकाले प्रथमिकताका आधारमा कार्यान्वयन गर्ने उहाँले जानकारी दिनुभयो । राहत सामग्री सानो भए पनि एकल महिलालाई सम्झेकामा शिखर नगरपालिका धन्यवादको पात्र रहेको सरस्वती बलायरले बताउनुभयो । आयस्रोत नभएकाले अरुको जमिन खनजोत, गोडमेल गरेर पेट पाल्दै आएको दुःखेसो गर्दै उहाँले खाद्यान्न सहयोगले राहत पुगेको प्रतिक्रिया दिनुभयो । आयस्रोत नभएकाले एकल महिलाका लागि उपमेयर मेरो साथी कार्यक्रम धेरै प्रभावकारी भएको सहभागीले बताएका छन् । नगरभित्रका टुहुरा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक, अतिविपन्न परिवारलाई नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको नगरप्रमुख दीर्घबहादुर बलायरले बताउनुभयो । नगरभित्र विकास निमार्णका लागि गुरुयोजना बनाई शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, बिजुली, सडकलगायतका योजनामा बढीभन्दा बढी कार्यान्वयन ल्याउनका लागि आवश्यक बजेट विनोयोजित गरी जनताका हरेक दुःखसुखमा नगरपालिका लागिपरेको उहाँको भनाइ थियो ।

जनताका समस्या समाधान गर्नका लागि नगर सरकार लागिपरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्माले बताउनुभयो । नगरका नागरिकको समस्या समाधानसँगै आवश्यकताका आधारमा योजना बनाई नगरपालिका लागिपरेको शर्माले बताउनुभयो । टुहुरा बालबालिका, अपाङ्गता, एकल महिला, अनाथ, विपन्नका लागि नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गरी सम्मान गरिरहेको जनाइएको छ ।


प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?