Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा


काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् ।

अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धिको विधेयकमाथिको छलफलमा उहाँले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको बताएका छन् । उनले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताउदै सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने जिकिर गरेका छन् ।

सांसद् थापाले भने, ‘सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कोषको पुँजी संरचना के आधारमा बनाइयो, यसको लजिक चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न ।’

सांसद थापाले स्रोतको खोजी गर्दा बढिमा कतिसम्मको खोजी गरिरहेका छौं भन्नेमा पनि कानून बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?