Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज मिति २०८२ साल साउन २६ गते सोमबार,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल साउन २६ गते सोमबार(11 Aug, 2025) भाद्र कृष्णपक्ष,द्वितिय, ११:३१ बजेपछि तृतीया

मेष : आज सामाजिक क्षेत्रबाट सम्मान मिल्ने दिन छ। पुराना विवाद टाढिनेछन्। मेला–उत्सवमा सहभागिता लाभदायी हुनेछ। धनप्राप्तिको सम्भावना उच्च छ, तर खर्च पनि बढ्ने देखिन्छ।

वृष : आर्थिक योजनामा सफलता पाउने समय। व्यापारिक साझेदारी लाभदायी हुनेछ। पारिवारिक वातावरण सुखद रहला। यात्रामा सावधानी अपनाउनुहोस्, पञ्चकको कारण अनावश्यक यात्राबाट टाढा बस्नु उत्तम।

मिथुन : कर्मक्षेत्रमा नयाँ अवसर आउन सक्छ। नयाँ सीप सिक्ने समय हो। प्रेमसम्बन्धमा मिठास बढ्नेछ। स्वास्थ्यतर्फ ध्यान दिनुहोस्, विशेष गरी पेटसम्बन्धी समस्या हुनसक्छ।

कर्कट :घर–परिवारमा शुभकार्यको चर्चा हुनेछ। सम्पत्ति वा जमिनसम्बन्धी लाभ मिल्ने सम्भावना। साथीहरूको साथमा रमाइलो समय बित्नेछ। यात्रामा निस्कँदा समय र बाटो दुबैको हेक्का राख्नुहोस्।

सिंह :आर्थिक लाभका साथमा नयाँ सम्पर्कहरू बन्ने दिन। पद प्रतिष्ठामा वृद्धि हुनेछ। तर, निर्णयमा हतार नगर्नुहोस्। प्रियजनसँगको समय यादगार बन्नेछ।

कन्या :अध्ययन–शिक्षामा राम्रो उपलब्धि। व्यापारिक लाभको संकेत। प्रेम जीवनमा मधुरता, तर परिवारमा सानो मतभेद हुनसक्छ। स्वास्थ्य सामान्य रहला।

तुला : नयाँ काम सुरु गर्न उपयुक्त दिन। पुराना समस्याहरू समाधान हुनेछन्। विवाह वा प्रेमसम्बन्धमा सकारात्मक समाचार सुन्न सकिन्छ। तर, खर्चमा नियन्त्रण गर्नु आवश्यक।

वृश्चिक : साहस र आत्मविश्वास बढ्ने समय। पुरानो रोकिएको धन फिर्ता पाउने सम्भावना। तर, वाणीमा संयम राख्नुहोस्, नत्र सम्बन्धमा असर पर्न सक्छ।

धनु : धार्मिक कार्यमा मन जानेछ। यात्राबाट लाभ मिल्ने संकेत, तर पञ्चकमा यात्रा गर्दा कारणसहित मात्र गर्नुहोस्। दाम्पत्य जीवन सुखद रहला।

मकर : कार्यस्थलमा वरिष्ठको प्रसंसा पाउने सम्भावना। आर्थिक पक्ष बलियो हुनेछ। स्वास्थ्यमा सुधार, तर मानसिक तनाव टाढा राख्नुहोस्।

कुम्भ : चन्द्रमा आफ्नै राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना सुरु गर्न उपयुक्त दिन। प्रेममा प्रगाढता, तर घमण्ड नदेखाउनुहोस्।

मीन : आज आत्मनिरीक्षण र योजना बनाउने दिन हो। ठूलो निर्णय भोलिका लागि राख्नु उपयुक्त। धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भई मन शान्त राख्नुहोस्।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?