Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आज मिति २०८२ साल साउन २६ गते सोमबार,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल साउन २६ गते सोमबार(11 Aug, 2025) भाद्र कृष्णपक्ष,द्वितिय, ११:३१ बजेपछि तृतीया

मेष : आज सामाजिक क्षेत्रबाट सम्मान मिल्ने दिन छ। पुराना विवाद टाढिनेछन्। मेला–उत्सवमा सहभागिता लाभदायी हुनेछ। धनप्राप्तिको सम्भावना उच्च छ, तर खर्च पनि बढ्ने देखिन्छ।

वृष : आर्थिक योजनामा सफलता पाउने समय। व्यापारिक साझेदारी लाभदायी हुनेछ। पारिवारिक वातावरण सुखद रहला। यात्रामा सावधानी अपनाउनुहोस्, पञ्चकको कारण अनावश्यक यात्राबाट टाढा बस्नु उत्तम।

मिथुन : कर्मक्षेत्रमा नयाँ अवसर आउन सक्छ। नयाँ सीप सिक्ने समय हो। प्रेमसम्बन्धमा मिठास बढ्नेछ। स्वास्थ्यतर्फ ध्यान दिनुहोस्, विशेष गरी पेटसम्बन्धी समस्या हुनसक्छ।

कर्कट :घर–परिवारमा शुभकार्यको चर्चा हुनेछ। सम्पत्ति वा जमिनसम्बन्धी लाभ मिल्ने सम्भावना। साथीहरूको साथमा रमाइलो समय बित्नेछ। यात्रामा निस्कँदा समय र बाटो दुबैको हेक्का राख्नुहोस्।

सिंह :आर्थिक लाभका साथमा नयाँ सम्पर्कहरू बन्ने दिन। पद प्रतिष्ठामा वृद्धि हुनेछ। तर, निर्णयमा हतार नगर्नुहोस्। प्रियजनसँगको समय यादगार बन्नेछ।

कन्या :अध्ययन–शिक्षामा राम्रो उपलब्धि। व्यापारिक लाभको संकेत। प्रेम जीवनमा मधुरता, तर परिवारमा सानो मतभेद हुनसक्छ। स्वास्थ्य सामान्य रहला।

तुला : नयाँ काम सुरु गर्न उपयुक्त दिन। पुराना समस्याहरू समाधान हुनेछन्। विवाह वा प्रेमसम्बन्धमा सकारात्मक समाचार सुन्न सकिन्छ। तर, खर्चमा नियन्त्रण गर्नु आवश्यक।

वृश्चिक : साहस र आत्मविश्वास बढ्ने समय। पुरानो रोकिएको धन फिर्ता पाउने सम्भावना। तर, वाणीमा संयम राख्नुहोस्, नत्र सम्बन्धमा असर पर्न सक्छ।

धनु : धार्मिक कार्यमा मन जानेछ। यात्राबाट लाभ मिल्ने संकेत, तर पञ्चकमा यात्रा गर्दा कारणसहित मात्र गर्नुहोस्। दाम्पत्य जीवन सुखद रहला।

मकर : कार्यस्थलमा वरिष्ठको प्रसंसा पाउने सम्भावना। आर्थिक पक्ष बलियो हुनेछ। स्वास्थ्यमा सुधार, तर मानसिक तनाव टाढा राख्नुहोस्।

कुम्भ : चन्द्रमा आफ्नै राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना सुरु गर्न उपयुक्त दिन। प्रेममा प्रगाढता, तर घमण्ड नदेखाउनुहोस्।

मीन : आज आत्मनिरीक्षण र योजना बनाउने दिन हो। ठूलो निर्णय भोलिका लागि राख्नु उपयुक्त। धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भई मन शान्त राख्नुहोस्।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?