Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नारा जर्मनीमा अध्यक्ष र महासचिव बाहेक निर्विरोध,अनलाइन मतदान हुँदै


जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको २०२५-२७ कार्यकालको लागी अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २५ साउन(१० अगस्ट)आईतवार मतदान हुन लागेको हो । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औं अधिवेशनसँगै उम्मेदवारी दर्ता गरिएको थियोे ।

नयाँ कार्यसमितिका लागि दिल बहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको छ । समितिमा हेमराज जोशी, गोबिन्द प्रसाद भण्डारी विजय शाही सदस्य र विजय मोक्तान सदस्य सचिव छन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा लोकमणि ढकाल र ज्योति राई प्रतिस्पर्धामा छन् ।

यसअघि अध्यक्षमा युवराज अधिकारी र कृष्ण देवकोटाले उम्मेदवारी फिर्ता गरेका थिए । महासचिवमा लोकेन्द्र साम्बा र सनत कुमार गौतम प्रतिस्पर्धामा छन् । निर्वाचन समिति संयोजक गुरुङका अनुसार शनिबार अनलाइन मार्फत मतदान हुनेेछ । ‘सकेसम्म सहमति होस भनेर प्रयास गर्दा केही समय लागेको हो,’ उनले भने,’अध्यक्ष र महासचिव बाहेकका पदमा निर्विरोध निर्वाचित भएको घोषणा भईसकेको छ । दुई पदका लागि आगामी शनिबार अनलाइन मतदान हुने तय भएको छ ।’

निर्विरोध निर्वाचित हुनेमा उपाध्यक्षमा राजेश सुनार,सिजन दाहाल,लक्ष्मण जोशी र तुलसी श्रेष्ठ, सुनिता राई र ईश्वर श्रेष्ठ छन् । त्यस्तै उपमहासचिव रामकला पन्त, सचिवमा टुवल सापकोटा, कोषाध्यक्षमा प्रणिता कार्की,सह- कोषाध्यक्षमा मिरा पौडेल अधिकारी ,महिला संयोजकमा कल्पना वाग्ले र युवा संयोजकमा विलिमाया आले मगर निर्वाचित बने छन । कुम्भ रेग्मी आईसीसी सदस्य चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा रविन गौतम,शिवराम ढकाल,सरोज अधिकारी, कमल रावल,लक्ष्मी नारायण रिजाल,जीवनबाबु ढकाल,सञ्जिता ओली प्रसाईं,शिवकला गुरुङ,सुनिता थापा,किरण चन्द्र रायमाझी र निशा राई रहेका छन् । नारा जर्मनीमा ५८८ मतदाता छन् ।



प्रकाशित मिति: २० श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?