Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

हलेसी दर्शनबाट फर्कँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, १४ घाइते


काठमाडौँ । खोटाङको हलेसी दर्शन सकेर फर्कँदै गरेको एक माइक्रोबस सोमबार बिहान दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटना मध्य पहाडी लोकमार्गको जयरामघाट–हलेसी सडक खण्ड अन्तर्गत कदुवा स्थित डौँठेखोला नजिकै भएको हो। मधेस प्रदेशको सिराहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट झण्डै २ सय मिटर तल खस्दा दुर्घटनाग्रस्त बनेको हो।

दुर्घटनामा मृत्यु हुने र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको खोटाङ प्रहरीले जनाएको छ। माइक्रोमा १६ जना सवारमध्ये २ जना सामान्य घाइते र बाँकी सबै घाइते भएका छन्।

प्रहरीको जयरामघाट चौकी, हलेसी इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त माइक्रोबस अझै घटनास्थलमै अड्किएको छ। बुट्यान र झाडी भएका कारण सवारीसाधनको गति केही रोकिएको र यात्रुहरूमा थप ठूलो क्षति हुनबाट जोगिएको अनुमान गरिएको छ।

सिराहा, सर्लाही तथा केही भारतीय नागरिकसमेत यात्रु हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ। यात्रुहरूको स्थायी ठेगाना र थप विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?