Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

हलेसी दर्शनबाट फर्कँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, १४ घाइते


काठमाडौँ । खोटाङको हलेसी दर्शन सकेर फर्कँदै गरेको एक माइक्रोबस सोमबार बिहान दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटना मध्य पहाडी लोकमार्गको जयरामघाट–हलेसी सडक खण्ड अन्तर्गत कदुवा स्थित डौँठेखोला नजिकै भएको हो। मधेस प्रदेशको सिराहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट झण्डै २ सय मिटर तल खस्दा दुर्घटनाग्रस्त बनेको हो।

दुर्घटनामा मृत्यु हुने र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको खोटाङ प्रहरीले जनाएको छ। माइक्रोमा १६ जना सवारमध्ये २ जना सामान्य घाइते र बाँकी सबै घाइते भएका छन्।

प्रहरीको जयरामघाट चौकी, हलेसी इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त माइक्रोबस अझै घटनास्थलमै अड्किएको छ। बुट्यान र झाडी भएका कारण सवारीसाधनको गति केही रोकिएको र यात्रुहरूमा थप ठूलो क्षति हुनबाट जोगिएको अनुमान गरिएको छ।

सिराहा, सर्लाही तथा केही भारतीय नागरिकसमेत यात्रु हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ। यात्रुहरूको स्थायी ठेगाना र थप विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?