Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट


२६ चैत्र, काठमाडाैँ । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ । उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किएका छन् ।

साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिए । “हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ र उत्साहित पनि छौँ । केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौँ”, उनले भने । लोक, स्लोरक, पप मेलोडी सङ्गीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

यही चैत २७ मा अष्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिए । यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?