Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्र सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ओलीको दाबी – समावेशीता कुनै कामको कुरा होइन


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गरेको समावेशीताको नीति अस्थायी भएको भन्दै यसको भरमा महिलाको सशक्तीकरण नहुने तर्क गरेका छन्।

बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले समावेशीता भनेको प्रतिनिधित्वको अस्थायी उपाय मात्रै भएको र वास्तविक सशक्तीकरण शिक्षा, सीप र क्षमतावृद्धिबाट मात्र सम्भव हुने बताए।

ओलीले भने, ‘हामी कहिलेकाहीँ बहकिएर कुरा गर्छौँ । हामीले समावेशीताको अस्थायी व्यवस्था छौँ । जबसम्म सशक्तीकरण हुँदैन, महिलालाई सशक्तीकरण गर्दैनौँ, समावेशिताले केही पनि हुँदैन । मैले कोस्टारिका हेर्‍या छु । हाम्रो डेलिगेसनमा दुई-तीनजना महिला थिए । उहाँहरूकोमा ८ जना । १० जनामध्ये ८ जना महिला थिए । त्यो संविधानमा राखेर भएको होइन । समावेशिताले ८ जना महिला पुर्‍याउँछ र ? धेरै भए ५ जना पुर्‍याउने हो । तर, क्षमता बढायो भने पुग्छ । केही देशहरूमा बेग्लै परिपाटी छ । उनीहरूले इम्पावर गरेका छन् । त्यसैले महिलाको प्रतिनिधित्व ५० प्रतिशतभन्दा बढी छ । डाक्टर, प्रोफेसर, नर्स यी सबै महिलाले कब्जा गरेका छन् । हेभी कामहरू त्यहाँ पुरुषले गर्छन् । क्युवामा महिला डाक्टरहरू धेरै छन् । प्रोफेसर छन् । डाक्टर प्रोफेसर महिलाकै पेसा जस्तो । त्यो कुनै समावेशीताबाट भएको होइन । समावेशीताबाट डाक्टर र इन्जिनियर हुँदैन । यो त राजनीतिक पदमा पुग्न मात्रै हो, कुनै कामको कुरा होइन । राम्ररी पढे भने महिला आफैँ अघि बढ्छन् । मुख्य कुरा मानव जातिमा कुनै पनि विभेद हुनु भएन ।’

विदेशका दृष्टान्त दिँदै उनले महिलाको नेतृत्व, पेशागत सफलता र समृद्धि समावेशी कोटाबाट नभई प्रतिस्पर्धा र क्षमताबाट स्थापित भएको उल्लेख गरे। “समावेशीताले अवसर दिन्छ, तर प्रतिस्पर्धा जित्न त क्षमताले मात्र सम्भव हुन्छ,” उनले स्पष्ट पारे।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?