Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागि परेका छन् : प्रचण्ड


काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् ।

माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ । ‘तर, एकता हुन नदिनका निम्ति प्रतिक्रियावादीहरु पनि ज्यान फालेर लागेका छन् ।

उनले भने, ‘कसले जित्छ यो ब्याटल ? अन्तिममा यो मुठभेडमा क्रान्तिकारी र जनताले जित्ने हो कि प्रतिक्रियावादी र अवसरवादीले भन्ने कुराको फैसला अहिले नै भइसकेको छैन ।’

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका शहीदहरुको बलिदान र पीडाहरुलाई साँची राखेर एकता प्रयास जारी राखेको बताएका छन् ।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?