Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

श्रमको सम्मानबिना समृद्धि सम्भव छैनः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैले श्रमको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले श्रमिको हक र अधिकार सुनिश्चित गर्नको लागि ट्रेड युनियने खलेको ऐतिहासिक भूमिकालाई बिर्सन नहुने पनि बताए । श्रमको सम्मानको लागि औपचारिक कार्यक्रम मात्र पर्याप्त नहुने भन्दै उनले श्रम शक्ति नै राष्ट्रको शक्ति हो भन्ने नारालाई सबैले आत्मसाथ गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामी सबैले श्रमको सम्मान गर्न जान्नुपर्यो । श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्रको शक्ति हो भन्ने जुन नारा छ त्यसको महत्व हामी सबैले बुझ्नुपर्या । यो खालि कार्यक्रम गरेर मात्र हुदैन । यो टे«ड युनियन काँग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो भुमिका निर्वाह गरेको छ । वि. स. २००३ सालमा राणाहरुको समयमा श्रमिकहरुको अधिकार र सम्मानका लागि त्यत्रो आन्दोलन गरेर पछि गएर २००७ सालको परिवर्तनमा युनियनले खेलेको भूमिका हामीले बिर्सिनु हुदैन ।’

उनले ट्रेड युनियन काँग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भुमिकाको चर्चा गर्दै वि.सं. २००३ सालमा श्रमिक अधिकारका लागि गरिएको संघर्षको बलमा ०७ सालको राजनीतक परिवर्तन सम्भव भएको स्मरण गरे ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?