Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

श्रमको सम्मानबिना समृद्धि सम्भव छैनः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैले श्रमको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले श्रमिको हक र अधिकार सुनिश्चित गर्नको लागि ट्रेड युनियने खलेको ऐतिहासिक भूमिकालाई बिर्सन नहुने पनि बताए । श्रमको सम्मानको लागि औपचारिक कार्यक्रम मात्र पर्याप्त नहुने भन्दै उनले श्रम शक्ति नै राष्ट्रको शक्ति हो भन्ने नारालाई सबैले आत्मसाथ गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामी सबैले श्रमको सम्मान गर्न जान्नुपर्यो । श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्रको शक्ति हो भन्ने जुन नारा छ त्यसको महत्व हामी सबैले बुझ्नुपर्या । यो खालि कार्यक्रम गरेर मात्र हुदैन । यो टे«ड युनियन काँग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो भुमिका निर्वाह गरेको छ । वि. स. २००३ सालमा राणाहरुको समयमा श्रमिकहरुको अधिकार र सम्मानका लागि त्यत्रो आन्दोलन गरेर पछि गएर २००७ सालको परिवर्तनमा युनियनले खेलेको भूमिका हामीले बिर्सिनु हुदैन ।’

उनले ट्रेड युनियन काँग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भुमिकाको चर्चा गर्दै वि.सं. २००३ सालमा श्रमिक अधिकारका लागि गरिएको संघर्षको बलमा ०७ सालको राजनीतक परिवर्तन सम्भव भएको स्मरण गरे ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?