Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान शुरु


काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान शुरु भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही समय पहिला शुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भइरहेको बताए । उनले काठमाडौं उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान शुरु भएको जानकारी दिए । यसले घर, समाज र देशलाई नै सुरक्षित बनाउने जिकिर गरे । यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

महानिरीक्षक थापाले भने, ‘हामीले अहिले लागुऔषधविरुद्धको महाअभियान भनेर जुन चलायौँ । यसले एकदमै राम्रो भएको छ । काठमाडौं उपत्यकाले लागुऔषध विरुद्धको घर अभियान भनेर दुई महिनाअघिबाट शुरु गरेको छ । ललितपुर महानगरपालिकाबाट शुरु भएको छ । घरघरमा गएर परिवारलाई र समाजलाई सुरक्षित बनाउन अभियान चलेको छ । अब संघ, संस्था, समुदाय, प्रदेश, स्थानीय सरकारसँग लागुऔषधविरुद्धका अभियानमा लाग्नुपर्नेछ । पार्टनरसिप एक्टिभिटिज गरिरहेका छौँ ।’

महानिरीक्षक थापाले लागुऔषधविरुद्धको महाअभियान लागुऔषध नियन्त्रणका लागि महत्वपूर्ण सावित भएको बताए । यसलाई अझै प्रभावकारी बनाउन थप योजना र रणनीति बनाउन जरुरी रहेको बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?