Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मुक्त कमैया, हलिया र गोठालालाई प्रमाणका आधारमा जग्गा दिने अधिकार भूमि समस्या समाधान आयोगलाई


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वास्तविक मुक्त कमैया, हलिया र गोठालालाई जग्गा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगलाई अधिकार प्रदान गरिसकिएको बताएका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रवारको बैठकमा भूमि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले मुक्त कमैयाको प्रमाणपत्र भएका तर जग्गा नपाएका परिवारलाई जग्गा दिनेगरी आयोगले काम गरिरहेको बताए । सरकारले मुक्त कमैया तथा हलियालाई पुनःस्थापना र आवास व्यवस्थापन गर्ने भन्दै नीति ल्याएको भएपनि कैयौं पीडितले जग्गा नपाएको गुनासो गर्दै आएका छन् । मन्त्री अधिकारीले प्रमाणका आधारमा मात्रै जग्गा वितरण हुने नीतिमा सरकार दृढ रहेको बताए ।

उनले भने, ‘मुक्त कमैया, हलिया, गोठालाहरुको व्यवस्थापनको बारेमा पनि कुरा आएको छ । हामीले यो कुराको समस्या समाधान गर्नको लागि भूमिसम्बन्धी समस्या समाधान आयोगलाई अधिकार दिईसकेको अवस्था छ । हिजो मुक्त कमैया, हलिया भनेर प्रमाण भएपछि जग्गा पाउनु भएको छैन भने आयोगले जग्गा दिन्छ । तर मुक्त कमैया, हलियो हो भनेर प्रमाणबिनै आउनेले पाउदैन ।’

उनले भूमिहीन नागरिकका सबै प्रकारका समस्या समाधान गर्नको लागि ऐन संशोधन गर्न लागिएको पनि स्पष्ट पारे ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?