Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मुक्त कमैया, हलिया र गोठालालाई प्रमाणका आधारमा जग्गा दिने अधिकार भूमि समस्या समाधान आयोगलाई


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वास्तविक मुक्त कमैया, हलिया र गोठालालाई जग्गा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगलाई अधिकार प्रदान गरिसकिएको बताएका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रवारको बैठकमा भूमि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले मुक्त कमैयाको प्रमाणपत्र भएका तर जग्गा नपाएका परिवारलाई जग्गा दिनेगरी आयोगले काम गरिरहेको बताए । सरकारले मुक्त कमैया तथा हलियालाई पुनःस्थापना र आवास व्यवस्थापन गर्ने भन्दै नीति ल्याएको भएपनि कैयौं पीडितले जग्गा नपाएको गुनासो गर्दै आएका छन् । मन्त्री अधिकारीले प्रमाणका आधारमा मात्रै जग्गा वितरण हुने नीतिमा सरकार दृढ रहेको बताए ।

उनले भने, ‘मुक्त कमैया, हलिया, गोठालाहरुको व्यवस्थापनको बारेमा पनि कुरा आएको छ । हामीले यो कुराको समस्या समाधान गर्नको लागि भूमिसम्बन्धी समस्या समाधान आयोगलाई अधिकार दिईसकेको अवस्था छ । हिजो मुक्त कमैया, हलिया भनेर प्रमाण भएपछि जग्गा पाउनु भएको छैन भने आयोगले जग्गा दिन्छ । तर मुक्त कमैया, हलियो हो भनेर प्रमाणबिनै आउनेले पाउदैन ।’

उनले भूमिहीन नागरिकका सबै प्रकारका समस्या समाधान गर्नको लागि ऐन संशोधन गर्न लागिएको पनि स्पष्ट पारे ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?