Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूमि विधेयकमा किचलो गर्ने ठाउँ छैन, गलत व्याख्या गर्न खोजियोः मन्त्री अधिकारी


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा आधारमा विधेयकको गलत व्याख्या भइरहेको बताएका हुन् । उनले विगतमा भूमि वितरणमा गलत काम भएको उल्लेख गर्दै त्यसको सुधार गर्न विधेयक ल्याइएको स्पष्ट पारे । उनले विगतका कमजोरी सुधार्दै वास्तविक भूमिपीडितलाई जशग्गा दिन ऐन संशोधन भइरहेको उल्लेख गर्दै अनावश्यक हल्ला फैलाउनुको सट्टा विधेयकको सार र उद्देश्य बुझ्न आग्रह गरे ।

उनले भने, ‘यो विधेयकमा किचलो गर्नुपर्ने ठाउँ पनि छैन । विगतमा भूमिको कारोबार गर्ने र वितरण गर्दा मानिसहरुले गलत काम पनि गरेका रैछन् । र गलत काम भएको पनि छ । बसोबास एउटाको छ जग्गा अर्कैको नाममा दर्ता भएको अवस्था पनि छ । यस्ता कामहरुले गर्दा यो विधेयक पनि त्यही सन्दर्भमा जोडिने त होइन भन्ने हिसाबबाट मात्रै हेरियो । यो ऐनमा के छ, कुन कुरा सुधार्न खोज्यो ? र के गर्न खोज्यो भन्दा पनि हिजो यस्तो भएको थियो यो विधेयक आएपछि पनि यस्तै हुन्छ भन्ने हल्ला भइदियो ।’

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उद्देश्यले विधेयक अघि सारिएको दोहोर्याए ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?